नयाँ मतदाता भन्छन् – कसरी भोट हाल्ने थाहा छैन

नयाँ मतदाता भन्छन् – कसरी भोट हाल्ने थाहा छैन
+
-

दाङ- लमही नगरपालिका वडा ६ मध्यनगर निवासी शारदा चौधरी बिहिबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मतदानमा भाग लिँदैछिन। मतदान गर्न पाउँदा निकै उत्साहित भए पनि कसरी भोट हाल्ने भन्नेबारे उनलाई थाहा छैन। उनी पहिलोपटक मतदानमा भाग लिँदैछिन् । मतदान गर्ने तरिका सिकाउन गएकाहरुले राम्रो सिकाएनन्। हतार हतार गरेर फर्किए। दलका उम्मेदवार पनि घरसम्म हात जोडेर पुगे पनि भोट हाल्नेबारे सिकाएनन् । ‘तीनवटा मतपत्र छन् रे, चार ठाउँमा भोट हाल्नुपर्छ भन्ने सुनेको छु, तर कसरी भोट हाल्ने हो मलाई थाहा छैन्,’ उनले भनिन्, ‘भोट हाल्नेबारे सिकाएका छैनन्।’

नयाँ मतदाता अन्यौलमा छन् । दाङ जिल्लामा ४७ हजार ७ सय ८१ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन कार्यालय, राजनीतिक दल र सामाजिक अभियन्ताहरुले निर्वाचनको महत्वबारे मतदातामाझ कुरा पुर्‍याउन नसक्दा यस्तो अन्यौल देखिएको हो। ‘आफ्नो पार्टीका लागि मात्रै भोट मागे तर छाप लगाउनेबारे बताएनन्’, लक्ष्मी चौधरीले भनिन्, ‘गाउँका जान्नेबुझ्ने कहाँमात्रै नेता पुग्छन्, हामीलाई वास्ता गर्दैनन् र समय पनि दिँदैनन्।’

निर्वाचनलाई लक्षित गरेर निर्वाचन कार्यालयले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि ती कार्यक्रम प्रत्येक मतदाताका घरसम्म पुग्न सकेको छैन। हातेपुस्तिका र नमूना मतपत्रसहित गाउँमा परिचालित भएका मतदाता शिक्षा कार्यकर्ताहरु घरघरमा पुुगेका छैनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?