
अ
+
अ
अ
-
काठमाडौँ – चरा अवलोकनका लागि यो मौसम उपुक्त समय हो । अहिले नेपालमा हजारौँ माइल दूरी पार गरेर आएका आगन्तुक चरादेखि स्थानीय रैथाने चराहरु हेर्न पाइन्छ ।
चरा प्रेमीका लागि काठमाडौँ उपत्यका भित्रै पनि राम्रा गन्तव्यहरु छन् । यसमध्ये प्रमुख स्थान हो, कीर्तिपुर नगरपालिका–१५ मा रहेको टौदह ।
यहाँ अहिले स्थानीयदेखि आप्रवासी चराहरु देख्न पाइन्छ । साइबेरियादेखि जाडो छल्न आएका चराहरुको गन्तव्य टौदह पनि बन्ने गरेको चराविदले बताएका छन् ।