छोरा बचाउन सहयोग माग्दै अम्बर

‘छोरीलाई उपचार गर्दा सबै सम्पत्ति सकियो, छोरालाई कसरी बचाउँ?’

‘छोरीलाई उपचार गर्दा सबै सम्पत्ति सकियो, छोरालाई कसरी बचाउँ?’
+
-

काठमाडौँ– बाबुको हात समाएर लुखुरलुखुर हिड्दै गरेका एक बालक स्टेजमा उक्लन्छन्, बाबुले बोलेको एक तमासले सुनेर बस्छन्। ‘मेरो छोरालाई बचाउन सहयोग चाहिएको छ, उसको बोमम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने छ।’ १३ वर्षमात्र पुगेका प्रेम विश्वकर्मा बुबाले सहयोग माग्दै गर्दा निहुरेर नङ् कोट्याईरहेका थिए। बेलाबेलामा अगाडि तेर्सिएको क्यामरामा पुलुक्क आँखा लगाउँदै थिए।

प्रेम आफै बल्लबल्ल आफूलाई भएको समस्या बोल्न सक्छन्। तर उनलाई भएको समस्या के हो भन्ने अन्दाजा पनि लगाउन सक्दैनन्। उनलाई अस्पताल गएको, तीनचार दिनमा तीनचार पोका रगत चढाएको, सुई नारी घोप्ने कुरा अभ्यस्त भईसकेको छ। बुबासँग डाक्टरले उपचारको कुरा गर्दा सुन्छन्, ‘ट्रान्सप्लान्ट गर्नलाई १७ लाख चाहिन्छ। जतिसक्दो छिटो गरौ।’ तर त्यो १७ लाख कसरी जम्मा हुन्छ, त्यो थाहा छैन। तर जम्मा भएन भने के हुन्छ चाँही उनलाई राम्ररी थाहा छ।

त्यसैले त उनी भन्छन्, ‘मलाई धेरै पढ्न मन छ, मलाई बचाइदिनुस्।’ जीवनको अर्थ नबुझेपनि मृत्युको भएले छोपेको उनको अनुहारले प्रस्ट चित्रण गरेको थियो। आँखा गडेका थिए, कलकलाउने उमेरका प्रेमको अनुहार निन्याउरो थियो। छालामा चमक छैन।

प्रेमलाई २०७५ सालको असोजबाट असामान्य रुपमा टाउको दुख्न थाल्यो। बेलाबेला ज्वरो आउँन थाल्यो। नियमित नभएकोले उनलाई हेल्थपोस्टबाट औषधि ल्याएर खान दिए। निको हुँदै फेरी ज्वरो फर्कने क्रम चलिरहेको थियो। तर तिहारको देउसीको दिन उनको शरीरमा ठाउँठाउँमा हरियो हरियो टाटो देखियो, टाउको सहनै नसक्ने गरी दुख्यो ज्वरो बेस्सरी आयो।

प्रेम देउसी खेल्ने तयारी गर्दै थिए, तर उनको बाटो अस्पतालमा मोडियो। प्रेमका बुबा घर नजिकैको अस्पतालमा छोरालाई जाँच गराउँन लगे। डाक्टरले रोग पहिचान गरेर बिकलाई भन्दा बुबा अम्बर छाँगाबाट खसेजस्तै भए। ‘बाबुलाई चाँडै काठमाडौँ लैजानुहोस्, लैजानु भएन भने आज, भोलिमा केही हुन सक्छ।’ अम्बर भने, ‘मैले त्यही रात हतार हतार गरेर काठमाडौँ ल्याए, सिभिल अस्पतालमा डा. विशेष पौडेलले रगत फेरेर तत्काललाई बचाउन सकिने बताए । सधैँलाई निको हुनको लागि बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताउनुभयो।’

डाक्टरले सुझाव त दिए तर त्यो उनलाई आपत् बन्यो। न निल्नु न ओकल्नु भयो। ममता र आर्थिक परिस्थितीको लडाई भयो, छोराको मायाले पिरोलेको मन अब पोल्न थाल्यो। भर्खरै एउटा खड्को काटेका अम्बरले अब छोराको उपचारलाई सजिलै आँक्न सकेनन्। निराश भए, अनि छोराको अनुहार हरेँ। मायाले छपक्कै छोप्यो अनि प्रण गरे, अब जसरी पनि पैसा जोड्छु। तर उनको गोजीमा सुक्का पनि थिएन। भएको जति रित्तिसकेको अवस्थामा नयाँ समस्या अगाडि आइलाग्यो।

धेरैलाई नयाँ जोश र जाँगर जगाउने नयाँ वर्ष अम्बर बहादुर बिकलाई दशा बनेर आयो। जेठमा उनकी छोरी बिरामी भइन्, आन्द्राबाट रगत बग्ने समस्या भएको थियो। पाँच महिनासम्मको निरन्तर उपचारपछि उनी मृत्युको मुखमा पुगेर फकिइन्। छोरीको उपचारमा धाँउदा अनि खर्च गर्दा सुनसरीमा भएको सात धुर जमिन धरौतिमा राखेका थिए। धन्न छोरी ठीक भईन्। उनी छोरी उपचारमा लागेको ऋणबाट उम्कने गतिलो उपाए खोज्दै थिए तर फेरी छोरालाई समस्या भयो।

सामान्य आर्थिक अवस्था भएको परिवार हो अम्बरको। उदयपुरमा जन्मिएका अम्बर अहिले सुनसरीमा बस्छन्। उनको पाँच जनाको परिवार छ। जेठी छोरी अनि दुई छोराहरु। जेठो छोरा हुन् प्रेम, उनको चार वर्षका कान्छा छोरा छन्। तामाको काम गरेर दिनमा हजार रुपैयाँ कमाई गर्ने, छोराछोरी पढाउने गरीरहेका थिए। व्यवहार चलाउन हम्मे हम्मे हुन्थ्यो तर चलिरहेको थियो। छोरा बिरामी भएपछि काम पनि छुटेको छ। छोरा उपचारको लागि खर्च जुटाउँने उपाय खोज्दैछन्।

रिपोर्टस् क्लबमा बिहिबार उनी बिरामी छोरा डोर्‍याउँदै आइपुगे। उनलाई साथीभाई छरछिमेकले दुई, चार हजार रुपैयाँ जम्मा गरेर दिएका छन्। गोंगबुमा आफन्तले आश्रय अनि खाना दिएका छन्। अहिलेसम्म पाँच लाख खर्च भईसकेको छ। जग्गा धितो राख्न दिएकालाई जग्गा दिने सम्झौता गरेर उनले अरु पैसा लिइसकेका छन्। उपचार खर्च जुटे छोरा बाँच्ने आशा छ। यो भन्दा अगाडि पनि सहयोग याचना गरेको सफल भएन। तर उनले हार मानेका छैनन्।

डाक्टरले बारम्बार भनेका छन्, ४ महिना भन्दा ढिला नगर्नु। उनी अत्तालिन्छन् अनि फेरी सम्हालिन्छन्। छोराको चम्किलो आँखामा उनलाई आशाको किरण देखाँउछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?