‘राराको सौन्दर्यता बचाइ राख्नुपर्छ’

‘राराको सौन्दर्यता बचाइ राख्नुपर्छ’
+
-

सुर्खेत – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुगु रारातालको सौन्दर्यता बचाइराख्न कर्मचारीलाई निर्देशन दिएका छन् । रारा राष्ट्रिय निकुञ्जको अध्ययन अवलोकन गर्न आज मुगुको रारा पगेका उनले प्रकृतिको अनुपम उपहार राराताल कर्णाली मात्र नभएर मुलुककै सम्पत्ति भएको बताए । “रारातालको सौन्दर्यता आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण हो,” उनले भने,“यसलाई बचाउन निकुञ्ज परिवार र स्थानीय सरकार लाग्नुपर्दछ ।”

वनमन्त्री

मन्त्री बस्नेतले निकुञ्जको अवस्था, वन क्षेत्र, सुरक्षा अवस्था र रारातालका व्यवस्थापनका बारेमा निकुञ्जका कर्मचारी तथा सेनासँग जानकारी लिँदै अब सङ्घीय सरकारले निकुञ्ज क्षेत्रका होटललगायत सुरक्षालाई पनि व्यवस्थापन गर्ने बताए ।

होटेलले रु २४ हजार मात्र वार्षिक राजश्व तिर्ने गरेको जनाउँदै उनले त्यहाँ प्रयोग गरिने पालको पैसा अब राष्ट्रिय निकुञ्ज आफैले उठाउनुपर्ने सुझाव दिए ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशको पर्यटकीय महत्वपूर्ण गन्तव्य मानिएको राराताललाई आकर्षण केन्द्र बनाउन प्रदेश सरकारले कर्णाली–रारा पर्यटन वर्ष २०७५ को शुभारम्भ गरिसकेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?