वैदेशिक रोजगार

यी १३ देश, जहाँ यो वर्ष एक-एक जना नेपाली काम गर्न पुगे

यी १३ देश, जहाँ यो वर्ष एक-एक जना नेपाली काम गर्न पुगे
+
-

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि संस्थागत रुपमा नेपालीलाई जानका लागि एक सय १० वटा देश खुल्ला गरेको छ। तर व्यक्तिगत रुपमा भने अरु देशमा पनि नेपाली रोजगारीका लागि गएका छन्। व्यक्तिगत रुपमा जानका लागि संस्थागत भन्दा धेरै देशमा सरकारले अनुमति दिने गरेको छ।

सन् २०१८ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर विदेसिने नेपालीको संख्या ५ लाख ४८ हजार ७ सय ९६ जना रहेको छ। यसमध्य ३१ हजार ३ सय ८१ जना महिला छन्। संस्थागत र व्यक्तिगत गरी यो वर्ष एक सय ३७ देशमा रोजगारी गर्न नेपाली पुगेका छन्।

सन् २०१८ मा सबैभन्दा धेरै नेपाली कतार जाँदा युएई दोस्रो रोजाइमा पुगेको छ। यसअघि युएई नेपालीको रोजाइमा चौथो नम्बरमा थियो। यो वर्ष कतारमा रोजगारीका लागि जानेको संख्या एक लाख ७६ हजार ९३ जना रहेको छ।

सुरुका केही महिना सबैभन्दा धेरै नेपाली जाने गरेको मलेसिया गत जेठबाट बन्द भएपछि चौथो स्थानमा पर्‍यो। सुरुका साढे चार महिनामा नै मलेसिया जाने नेपालीको संख्या ८५ हजार ३ सय २३ जना छ। मलेसिया नेपालीको पहिलो रोजाइमा भएपनि झण्डै ९ महिनादेखि बन्द छ।

श्रम सम्झौता भइसकेको र केही प्रक्रिया मिलाउने काम भैरहेकाले मलेसिया पनि खुलाउनका लागि तयारी भने भइरहेको छ। केही प्रक्रिया मिलाउँन बाँकी भएकाले अझै केही महिना भने नेपाली मलेसिया जान नपाउने निश्चित प्रायः छ।

मलेसिया बन्द हुँदा यसको असर युएईमा पनि परेको छ। युएई जाने नेपालीको संख्या बढिरहेको छ। युएई जाने नेपाली गत वर्ष एक लाख १३ हजार ५ सय १७ जना छन्।

यस्तै साउदी एक लाख ५ हजार ३ सय ४० जना नेपाली पुग्दा कुवेतमा २६ हजार ७ सय ५९ जना रोजगारीका लागि गएका छन्।

यी १३ देश हुन् जहाँ वर्षभरि एक जना मात्रै पुगे


यस्ता १३ देश छन्, जहाँ गत वर्ष रोजगारीका लागि एक जना मात्रै पुगेका छन्। भानुआटु, उरुग्वे, तुर्कमेनिस्तान, सुरिनेम र मालाबो व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर एक जना मात्रै नेपाली रोजगारीका लागि गए।

यस्तै लिथुवानिया, लाओ, कंगो, इथिओपिया एरिट्रिया, र पूर्वि टिमोरमा पनि एक जना मात्रै रोजगारीमा पुगेको वैदेशिक रोजगार विभागले जनाएको छ।

एक जना मात्रै नेपाली रोजगारीमा पुगेका देश कुक आइसल्याण्ड र बारबाडोस पनि हुन्।

अरु सातवटा देश छन्, जहाँ दुई जना मात्रै नेपाली रोजगारीका लागि पुगेका छन्। ब्रिटिस भर्जिन आइसल्याण्ड, चिलीमा पनि एक महिला र एक पुरुष रोजगारीका लागि पुगेका छन्।

रिपब्लिक अफ माकेडोनिया, रुवान्डा, मौरिटानिया, लोओस र डोमिनिकन रिपब्लिकामा पनि दुई/दुई जना पुरुष रोजगारीका लागि पुगेको विभागको तथ्यांक छ।

अरु सात देशमा तीन/तीन जना मात्रै नेपाली रोजगारीका लागि पुगेका छन्। बेल्जियम, बहामास, उज्वेकिस्तान, स्पेन, मारोक, लिउटुवा र म्यानमारमा तीन/तीन जना मात्रै नेपाली रोजगारीका लागि गएको वैदेशिक रोजगार विभागले जनाएको छ। थोरै मात्र नेपाली पुगेका यी देशमा प्रायः पुरुष पुगेका हुन्।

सेवा क्षेत्रमा जोखिम छैन, घरेलु कामदारमा नजानू


यसरी जानेहरु सेवा क्षेत्रको रोजगारीमा जाने गरेको वैदेशिक रोजगार विभागका पूर्व महानिर्देशक पुर्णचन्द्र भट्टराईले बताए। पहिले नै ती देशमा विभिन्न प्रक्रियाबाट पुगेका र पछि फर्किएर श्रम स्वीकृति माग्ने गरेको भट्टराईको भनाइ छ।

रोजगारीका लागि जान्छु भन्नेहरुलाई रोक्न सक्ने अवस्था नरहेको र सुरक्षित रोजगारी छ भन्नेहरुलाई अनुमति दिनु नै उचित हुने उनको सुझाव छ। घरेलु कामदारमा जोखिम हुने भएपनि सेवा क्षेत्रमा भने रोजगारी सुरक्षित भएकै कारण उनीहरुले श्रम स्वीकृति माग्ने गरेको पूर्वमहानिर्देशक भट्टराईले बताउँछन्।

बहुर्राष्ट्रिय कम्पनीहरुमा काम गर्नेहरु फर्किएर श्रम स्वीकृति लिने गरेको र यसो गर्दा आफूलाई थप सुरक्षित गरेको भट्टराईले बताए। सामुदायीक हिसाबले आफ्ना देशका नागरिक नहुँदा एक्लो महशुस गरेपनि राम्रो रोजगारीका अवसर भए यो संख्या थपिँदै जाने छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’