
अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ । ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका छन् । मध्यपश्चिम क्षेत्रका इलिनोई, मिशिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको बिबिसीले जनाएको छ ।
दक्षिणी राज्य एलाबामा र जोर्जियामा बासिन्दाले पनि चिसोको कहर सहिरहेका छन् । मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन् । बिबिसीका अनुसार बुधबार राति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ ।
मौसमविदहरुले तापक्रम माइनस ७० डिग्री सम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
अत्यधिक चिसोले ताल–तलैया जमेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ । चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् । बिबिसीका अनुसार, महँगा ज्याकेटहरु लुटेराहरुले बन्दुक देखाउँदै लुटेका छन् ।