
भारतको हरियाणाको गुडगाउँको एक बस्तीमा आकाशबाट बरफको डल्लो खसेपछि गाउँले अचम्मित भएका छन् । फाजिलपुरको बादली गाउँमा गएको शनिबार बरफको डल्लो खसेको हो ।
तर सरकारी अधिकारीले भने बरफको डल्लो वास्तविक रुपमा बरफ नभएर विमानबाट खसेको ‘फ्रोजन ह्युमन वेस्ट’ (बरफ बनेको मावल मल) रहेको बताएका छन् ।
आकाशबाट खसेको बरफको डल्लो झण्डै १२ किलोको थियो । यो भूईँमा बजारिँदा ठूलो आवाज आएको थियो । गाउँलेले यो बरफ अर्कै ग्रहबाट आएको बस्तु हुन सक्ने आँकलन गरेका थिए ।
विमानमा ह्युमन वेस्टलाई विशेष ट्यांकमा स्टोर गरिन्छ । विमान अवतरण भएपछि यसलाई बाहिर निकालेर व्यवस्थित गर्ने गरिन्छ । यो ट्यांक विमान उडिरहेका बेला झर्न पनि सक्ने अन्तर्राष्ट्रिय विमान प्राधिकरणले बताउने गरेका छन् ।
आकाशबाट खसेको बरफको डल्लोको नमूना जाँचका लागि पठाइएको सरकारी अधिकारीले बताएका छन् ।