गण्डकी मेडिकल कलेजमाथि छानबिन गर्न त्रिविको अनुगमन टोली पोखरामा

गण्डकी मेडिकल कलेजमाथि छानबिन गर्न त्रिविको अनुगमन टोली पोखरामा
+
-

पोखरा – गण्डकी मेडिकल कलेजले सरकारले तोकेको भन्दा बढी शुल्क विद्यार्थीबाट असुलेको भन्दै विगत २१ दिनदेखि आन्दोलनरत विद्यार्थीका मागका सम्बन्धमा यर्थाथ बुझ्न त्रिभुवन विश्वविद्यालयको अनुगमन टोली पोखरा आएको छ ।

अनुगमन निर्देशनालय त्रिभुवन विश्वविद्यालयका डा.पुष्करसिंह घाइखोला, डा. ओम बराल र बाबुराम दाहालको टोलीले गण्डकी मेडिकल कलेजले लिँदै आएको शुल्कका सम्बन्धमा यथार्थ बुझ्न आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनसँग छलफल गर्ने भएको छ ।

टोलीले मंगलबार नै आन्दोलनरत विद्यार्थी पक्षसँग एक चरण अनौपचारिक छलफल गरिसकेको विद्यार्थी मनिष भट्टराईले जानकारी दिए । छलफलमा विद्यार्थीले कलेजले बिना शीर्षकमा सादा कागजमा हस्ताक्षर गरेर वार्षिक प्रति विद्यार्थीबाट ७५ हजारदेखि माथि १ लाख ५० हजारसम्म रकम लिँदै आएको गुनासो गरेका छन् । अनुगमन टोलीले बुधबार विद्यार्थीलाई प्रमाण सहित छलफलमा पेश हुन समय दिएको विद्यार्थीले बताए ।

कलेजले लिँदै आएको बढी शुल्क फिर्ता गर्नुपर्ने मागसहित विद्यार्थी विगत ११ दिनदेखि कलेजको पृथ्वीचोकस्थित शिक्षण अस्पताल प्राङ्गणमा रिलेअनसन जारी राखेका छन् । त्यस्तै, अस्पतालको ओपिडी सेवमा समेत तालाबन्दी हुँदा उपचार सेवा प्रभावित भएको छ ।

विद्यार्थीले चार पटकसम्म कलेज प्रशासनसँगको वार्ता असफल बने त्रिविमा गुनासो दर्ता गराएका थिए । माग पूरा नभएसम्म परीक्षासमेत नदिने अडान विद्यार्थीले राखेका छन् ।

एमबिबिएस तेस्रो ब्याचको अन्तिम परीक्षा आउँदो फागुन १२ गतेभएपनि सो ब्याचका ८३ जना विद्यार्थी परीक्षा फर्म भरेका छैनन् । दोब्बर दस्तुर सहित आइओएमले विद्यार्थीलाई परीक्षा फर्म भर्ने समय फागुन ९ गते बिहीबारसम्म दिएको छ ।

यो पनि पढ्नुहोस्

विद्यार्थीलाई थकाउँदै, फकाउँदै गण्डकी मेडिकल कलेज

विद्यार्थीलाई थकाउँदै, फकाउँदै गण्डकी मेडिकल कलेज

गण्डकी मेडिकल कलेजका आन्दोलित विद्यार्थीले थाले रिले अनशन

गण्डकी मेडिकल कलेजका आन्दोलित विद्यार्थीले थाले रिले अनशन

अस्पतालमा विद्यार्थीको तालाबन्दी, बढी शुल्क नलिन कलेजलाई डीन कार्यालयको पत्र

अस्पतालमा विद्यार्थीको तालाबन्दी, बढी शुल्क नलिन कलेजलाई डीन कार्यालयको पत्र

शिक्षण शुल्कको नाममा असुली, गण्डकी मेडिकल कलेजविरुद्ध प्रशासनमा विद्यार्थीको उजुरी

शिक्षण शुल्कको नाममा असुली, गण्डकी मेडिकल कलेजविरुद्ध प्रशासनमा विद्यार्थीको उजुरी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?