
हाँस्नु स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ । चिकित्सकहरु पनि सबैलाई सधैँ खुलेर हाँस्न सुझाब दिन्छन्। विज्ञहरुका अनुसार हाँसोले मानिसको यौन जीवनलाई रोमाञ्चक, खुशी र खुशी बनाउन ठूलो योगदान दिने गरेको छ ।
त्यसैगरी, मज्जाले खुलेर हाँस्ने मानिसहरुमा युवा उमेरमै बुढ्यौलीका लक्षण देखिने समस्या कम हुने मात्र हैन वजन सन्तुलनमा राख्न पनि हाँसोले सहयोगी भुमिका खेल्ने गर्छ ।
हाँसोलाई ‘लोफोलोजी’ भन्ने गरिन्छ । हाँसो मानिस खुशी रहने एक खुशी मात्र होइन । हाँसोले मानिसको यौन जिवन सुखी बनाउने वा शारीरिक तथा मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने गरेको बताइएको छ । यौन तथा रोमान्सको रोमाञ्चक्ता बढाउनका लागि एक दिनमा कम्तिमा पनि १० देखि १५ मिनेट हाँस्नु तथा मुस्कुराउनु आवश्यक हुने यौन मनोविज्ञहरु बताउदै आएका छन् ।
खुलेर हाँस्नाले कुनै पनि व्यक्तिको मस्तिष्कमा विशेष खालको एक रसायन पैदा गरिदिन्छ । जसले मानिसको जीवनमा उर्जाको सञ्चार गर्न अत्यन्तै सहयोगी भूमिका खेलिरहेको हुन्छ । यस्तो हर्मोनले यौन क्षमता बढाउन भेरै मद्दत गर्ने गर्छ ।
सधैँ हाँसिरहने मानिसको मानसिकता पनि सकारात्मक रहने र त्यसले पार्टनरसँगको सम्बन्ध पनि सुमधुर बनाउन सहयोग पुर्याउने विज्ञहरुको भनाई रहेको छ । हाँसोले व्यक्तिको शरीरमा निरोगीपना बढाउनुका साथै वजन सन्तुलनमा समेत सहयोग पुर्याउने भएकाले सधैँ स्वस्थ रहन मद्दत गर्छ ।