मुग्लिन–नारायणगढ सडक : आजदेखि दैनिक ६ घण्टा बन्द

मुग्लिन–नारायणगढ सडक : आजदेखि दैनिक ६ घण्टा बन्द
+
-

काठमाडौं – मुग्लिन–नारायणगढ सडक खण्ड शनिबारदेखि दैनिका ६ घण्टा बन्द गर्न थालिएको छ । सडक विस्तार तथा निर्माणको कामलाई तीब्रता दिन शनिबारदेखि दैनिक ६ घण्टा यातायातका साधन चलाउन रोक लगाउन थालिएको मुग्लिन–नारायणगढ सडक आयोजनाले जनाएको छ ।

अब यो सडकमा बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी चलाउन दिइने छैन । रातिमा गाडी चलाउन रोकेर सडक विस्तार तगा मर्मतको काम भइरहे पनि कामले गति लिन नसकेपछि दिउँसोमै गाडी बन्द गरेर काम गर्न थालिएको हो ।

सडक विस्तारको क्रममा चट्टान काट्नेलगायत जोखिमपूर्ण काम हुने भएकाले गाडी रोक्नुपरेको आयोजना प्रमुख चन्द्रनारायण यादवले जानकारी दिए । दिउँसो बाटो बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ ।

यो सडक विस्तारको लागि तीन पटक समय थपिए पनि अझै पूरा भएको छैन । आउँदो चैतसम्म काम सक्ने आयोजनाले बताए पनि निर्माण कम्पनीले सडक निर्माणको काम पूरा हुन नसक्ने बताउँदै आएको छ ।

अहिले बाटो बन्द भएसँगै नारायणगढ काठमाडौंसहितका ठाउँका लागि आउँदै गरेका गाडी दासढुंगा नजिकै र काठमाडौंसहितका ठाउँबाट गएका गाडी मुग्लिन बजार भन्दा वरै रोकिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?