जापानसँग सोमबार श्रम समझदारी हुँदै

जापानमा कामदार पठाउन छुट्टै संयन्त्र, भाषा जानेका र दक्ष श्रमिक मात्रै जान पाउने

जापानमा कामदार पठाउन छुट्टै संयन्त्र, भाषा जानेका र दक्ष श्रमिक मात्रै जान पाउने
+
-

काठमाडौँ– नेपाल र जापानबीच सोमबार श्रम समझदारीमा हस्ताक्षर हुने भएको छ। आगामी अप्रिलबाट कार्यन्वयन हुने गरी दुई देशबीच समझदारीमा हस्ताक्षर हुने तय भएको हो।

श्रम समझदारीमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र नेपालस्थित जापानी राजदूतले हस्ताक्षर गर्ने छन्। जापानसँग ५ वर्षका लागि श्रम समझदारी हुन लागेको हो।

सोमबार श्रम समझदारी भए पनि श्रम समझदारीले नेपाली कामदार जापान जाने सबै प्रक्रिया भने प्रस्ट हुने छैन।

कामदार आपूर्तिका धेरै विषय दुई देशको संयुक्त कार्यदलले टुंग्याउने गरी समझदारी हुने श्रम मन्त्रालय श्रोतले जानकारी दिएको छ।

जापान सरकारी संयन्त्रबाटै कामदार पठाउने सहमति भइसकेको छ। तर वार्षिक कति कामदार पठाउने, जापानिज भाषाको पाठ्यक्रम कस्तो हुने र सीप परीक्षणको मापदण्ड कस्तो हुने भन्ने टुंगो लागिसकेको छैन। यी सबै विषय संयुक्त प्राविधिक समितिले टुंगो लगाउने छ।

रोाजगारीका लागि जापान नेपाली श्रमिक पठाउनका लागि सरकारले वैदेशिक रोजगार विभाग अन्तरगत रहने गरी छुट्टै संयन्त्र निर्माण गर्ने भएको छ। यो संयन्त्र दक्षिण कोरिया कामदार पठाउने ईपीएस शाखा जस्तै हुने मन्त्रालयले जनाएको छ।

जापानमा नेपाली श्रमिकले त्यहाँका स्थानीयले पाउने सरहको सुविधा पाउने छन्। जापानको कानुन अनुसार स्थानीय र प्रवासी श्रमिकको बिचमा भेद्भाव गर्न पाइने छैन।

जापानले त्यहाँका निजी क्षेत्रसँग समन्वय गरेर कति नेपाली श्रमिक लैजाने भन्ने टुंगो लाग्ने जनाएको छ। श्रमिक आपूर्ति गर्न जापानका चार वटा मन्त्रालय संलग्न रहने छन्।

जापानले नेपाली श्रमिकका लागि कोटा निर्धारण गरेपछि त्यहाँ स्थित नेपाली दूतावासमा माग पत्र बुझाउने छ। दूतावासले माग प्रमाणिकरण गरेर वैदेशिक रोजगार विभागको सफ्टवेयरमा अपलोड गरेपछि मात्रै जापान रोजगारीको आवेदन खुल्नेछ।

तर जापानले दक्ष कामदार मात्रै लिने भएकाले भाषा पास गर्दैमा जापान जाने निश्चित हुँदैन। श्रमिकको सीप पनि परीक्षण गरिने छ, माग अनुसारको सीप परीक्षण गर्दा उत्तिर्ण भएमा मात्रै जापान जाने निश्चित हुन्छ।

जापान कहिलेबाट श्रमिक जाने भन्ने समय निश्चित छैन। तर तत्कालै जाने संभावना नरहेको मन्त्रालय श्रोतले बतायो।जापान जाँदा श्रमिकले बुझाउनु पर्ने लागत, नीतिगत कुरा पनि संयुक्त कार्यदलले नै टुंगो लगाउने छ।

जापान कार्यस्थल, स्वास्थ्य, सुरक्षा र सेवा सुविधाका हिसावले राम्रो रहेको मन्त्रालयले जनाएको छ। ती अधिकारीले भने, ‘जापानले दक्ष कामदार मात्रै लिने भएकाले हामीसँग अवसर मात्रै छैन, धेरै चुनौती पनि छन्। अन्य देशमा जस्तो होइन उनीहरुले खोजेजस्तो जनशक्ति दिन सक्छौं कि सक्दैनौं त्यो हाम्रो चुनौती हो।’

जापानले साउथ एसियाबाट नेपाली मात्रै श्रमिक लिन लागेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?