हाम्रो खानेपानी ?

खोलाको पानीले प्यास मेटाउँछन् ६५ घरधुरीका नागरिक

खोलाको पानीले प्यास मेटाउँछन् ६५ घरधुरीका नागरिक
+
-

दाङ– खांग्रा खोला पार गर्दै गर्दा एउटा दृश्यले खोला तिरै तान्यो । जहाँ लस्करै राखिएको गाग्रीमा खोलाको पानी भरिँदै थियो । पानी भरिरहेको स्थान तर्फ पाइला सर्‍यो । अनी त्यहाँ पुग्दा थाहा भयो खोलाको पानी खानको लागि गाग्रीमा भरिँदै रहेछ ।

‘धारामा पानी आउँदैन् । खोलाको पानी नखाएर कहाँको खानु ?’पानी भर्दै गरेकी दुर्गा गिरीले भनिन्–‘एक वर्ष भयो धारामा पानी आउन छाडेको । धारामा पानी नआएपछि खोलाको पानी खानु परेको छ ।’

दुर्गालाइ खोलाको पानी खानु हुँदैन् भन्ने पनि थाहा छ । तर, नखाएर पनि भएको छैन् ।‘पानी भर्दा कपडाले छान्ने गर्छु । कपडामा बालुवा, झारहरु अडिन्छ’उनले थपिन्–‘पानीको पाईप वर्षामा पुरिएको हो रे, त्यही भएर यहाँ पानी छैन् ।’

नेपाल–भारत सीमा क्षेत्रको नेपाली बस्ती हो खांग्रा । यहाँ ६५ घरधुरी छ । सीमा प्रहरी चौकीसहित विद्यालय समेत छ । प्रहरी देखि विद्यार्थीहरुले पनि त्यही खोलाको पानी खानु पर्ने बाध्यता छ ।

चार किलोमिटर टाढा पानीको मुहान छ । २०७२/०७३ बाट खांग्रामा खानेपानीको आयोजना शुरु भएको हो । दश वटा टोलमा एक–एक ओटा गरी दश ओटा धारा जडान गरिएको थियो । तर, त्यो धारामा पानी आउन छाडेपछि स्थानीय बासिन्दाले फेरि खोलाको पानी खान थालेका हुन् ।

‘अब धाराको पानी खान पाइने भयो भन्ने लागेको थियो । धारा बन्यो तर, पानी आएन’ गौरी पुरिले भनिन्–‘हरेक दिन खोलामा पानी भर्न आउनुपर्छ । खोलाको पानी कहीले धमिलो हुन्छ, कहीले संलो ।’

श्रमदान नजुट्दा समस्या पर्‍यो वडाध्यक्ष


श्यामबहादुर रोका खांग्रा खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष हुन् । उनी अहिले वडा अध्यक्षमा निर्वाचित भएपछि गाउँमा झनै खानेपानी समस्या बल्झिन पुगेको छ ।

वडा कार्यालयले गत वर्ष ५० हजारको बजेटबाट रिजर्भ ट्यांकी निर्माण गरेको थियो । केही पाइप पनि खरिद गरिएको छ । तर, खांग्रा नाकामा खानेपानीको समस्या देखिए जस्तो ठूलो नरहेको तर्क वडा अध्यक्ष रोकाको छ ।

‘पानी लिन जाने हो भने अहीले पनि पानी आउँछ । तर, लिन जाने को ?’उनले भने–‘श्रमदान नजुट्दा भएको खानेपानी योजनालाई निरन्तरता दिन सकिएको छैन् ।’

दुई–तीन ठाउँमा खानेपानीको पाईप आगोले जलेको उनले बताए ।‘पाईप केही ठाउँमा जलेको छ । तर, त्यो जलेको ठाउँमा फेर्ने पाईप पनि छ’उनले भने–‘गाउँको विकासको लागी सबै जुट्ने हो भने समस्या कहीँ देख्दीन् ।’

खांग्राको समस्या बारे जानकारी आएको छैनःखानेपानी डिभिजन


खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले खांग्रा नाकाका नागरिकले खोलाको पानी खाँदै आएको बारेमा कार्यालयमा कुनै जानकारी नआएको बताएको छ ।

‘खांग्राको समस्या बारे तपाईले भनेर मात्रै थाहा पाएँ’खानेपानी डिभिजन कार्यालयका प्रमुख गुणनिधि पोखरेलले भने–‘त्यहाँको समस्या के हो ? खानेपानी आयोजना भएपनि धारामा पानी किन आएन् ? यस बारेमा स्थानीय सरकारसँग समन्वय गरेर समाधान गर्न सकिन्छ ।’

खानेपानी डिभिजन कार्यालय दाङमा यस वर्ष तराई मधेस अन्तरगर्त आठ करोड ८० लाख रुपैयाँ बजेट रहेको छ । यस्तै उच्च प्रविधिमा चार करोड आठ लाख र प्रदेश अन्तरगत पनि अरु कार्यक्रममा बजेट रहेको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?