कोरियन भाषा परीक्षाका लागि ९२ हजार आवेदन, ६३ हजारले औधोगिक क्षेत्र रोजे

कोरियन भाषा परीक्षाका लागि ९२ हजार आवेदन, ६३ हजारले औधोगिक क्षेत्र रोजे
+
-

काठमाडौँ – कोरियन भाषा परीक्षाका लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । आइतबार राति १२ बजेसम्म आवेदन दिने समय रहेकोमा ९२ हजार ३ सय ७६ जनाले आवेदन दिएका छन् ।

यसमध्ये औधोगिक क्षेत्रमा ६३ हजार ४ सय ८७ जना र कृषि तथा पशुुपालन तर्फ २८ हजार ८ सय ८९ जनाले आवेदन दिएका हुन् । कोरियाले औधोगिक तर्फ ७ हजार ५० र कृषितर्फ ३ हजार श्रमिकको कोटा निर्धारण गरेर पठाएको छ ।

भाषा परीक्षामा आवेदन दिनेको संख्या गएको वर्षभन्दा झण्डै १० हजार बढि हो । गएको वर्ष ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए । तर परीक्षामा भने ७४ हजार ८ सय ६२ जनो मात्रै सहभागी भएका थिए ।

परीक्षा २०७६ जेठ २५ र २६ गते सञ्चालन हुनेछ । दुवै दिन दुई सिफ्टमा सञ्चालन हुनेछ । पोखरा र काठमाडौँमा परीक्षा सञ्चालन हुनजे भए पनि परीक्षास्थल र परीक्षाको समय जेठ १९ गते तय गरिने ईपिएस शाखाले जनाएको छ।

भाषा परीक्षाको नतिजा २०७६ असार १३ गते प्रकाशित हुनेछ । परीक्षार्थीले आफूले प्राप्त गरेको प्राप्ताङ्कको जानकारी ईपिएसको वेबसाइटबाट हेर्न सक्नेछन् ।

तर कोरियामा कामदारको माग अनुसार उत्तिर्ण संख्या थपघट हुनसक्ने ईपिएस शाखाले जनाएको छ । भाषा परीक्षामा उत्तिर्ण परीक्षार्थीले दोश्रो चरणमा स्किल टेस्ट र कम्पेटेन्सी टेस्टमा सहभागी हुनुपर्ने छ । त्यसमा सफल भएमात्रै रोजगार आवेदन फारम भर्न पाउने छन् । भाषा परीक्षाको नतिजा सार्वजनिक भएपछि मात्रै यसमा सहभागी हुनेहरुको विपवरण प्रकाशित हुनेछ । भाषा परीक्षामा उत्तिर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल र प्रहरी रिपोर्ट प्रतिकुल हुनेले रोजगार आवेदन फारम भर्न पाउने छैनन् ।

नेपाली श्रमिक सन् २००८ देखि ईपिएस मार्फत कोरिया जान थालेका हुन् । पहिलो वर्ष सन् २००८ मा ३१ हजार ५ सय २५ जनाले भाषा परीक्षा दिएका थिए । हालसम्म ईपिएस मार्फत कोरिया जाने नेपालीको संख्या ५९ हजार ६सय ९८ जना पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?