पोखराबाट भ्रमण वर्षको शुरुआत गरिने

पोखराबाट भ्रमण वर्षको शुरुआत गरिने
+
-

काठमाडौँ– सरकारले पोखराबाट नेपाल भ्रमण वर्ष २०२० को ‘सफ्ट लञ्चिङ’ गर्ने भएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामामा चैत ३० गते भ्रमण वर्षको शुरुआत गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको हो।

भ्रमणवर्षको तयारीका सम्बन्धमा चैत २७ गते प्रधानमन्त्रीको अध्यक्षतामा भ्रमणवर्ष मूलआयोजक समितिको बैठक बस्ने र पोखराबाट पहिलो चरणको शुरुआती कार्यक्रम घोषण गरिने मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए।

भ्रमण वर्षभित्र गरिने कार्यक्रम कार्यान्वयनको आवश्यक तयारीपछि भ्रमण वर्षको औपचारिक शुरुआत गरिने पनि उनले बताए। भ्रमण वर्ष मनाउन पर्यटनमन्त्री अध्यक्ष रहनेगरी मूलआयोजक समिति र कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा व्यवसायी सुरज वैद्य नियुक्त भएका छन्।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएपछि अहिले पर्यटनमन्त्रीको जिम्मेवारीसमेत प्रधानमन्त्रीले लिएका छन्।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ। चालु आब २०७५/७६ को बजेटमा भ्रमण वर्ष मनाउने उल्लेख गरिएको थियो। यसअघि सन् १९९८ मा पाँच लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘भिजिट नेपाल–९८’ र सन् २०११ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेर ‘नेपाल टुरिजम इयर’ मनाइएको थियो। उक्त कार्यक्रमको प्रभाव स्वरुप पर्यटकको सङ्ख्यामा उल्लेख्य बृद्धि भएको थियो।

नेपाल पर्यटन बोर्डको विवरण अनुसार सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

अध्यागमन विभागको पछिल्लो विवरणअनुसार सन् २०१९ को पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा दुई लाख १६ हजार विदेशी पर्यटक नेपाल आएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?