
अ
+
अ
अ
-
काठमाडौँ – चैत शुक्ल पूर्णिमाका अवसरमा काठमाडौँको बालाजुस्थित बाईसधारामा श्रद्धालुको भीड लागेको छ । चैत शुक्ल पूर्णिमाका दिन लाग्ने लाग्ने मेलामा स्थान गर्न हिन्दू तथा बौद्ध धर्माबलम्बीहरु जाने गरेका छन् ।
यस अवसरमा शुक्रबार बिहानैदेखि बाईसधारामा श्रद्धालुको भीड लागेको हो । बाईसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुण्य प्राप्त हुने र लुतो, खटिरा जस्ता रोग हराउने जनविश्वास रही आएको छ ।
मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा र पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्याएका हुन् ।