हेल्थ टिप्स

दादुराका लक्षण, उपचार विधि र बच्ने उपाय

दादुराका लक्षण, उपचार विधि र बच्ने उपाय
+
-

काठमाडौँ – दादुरा अर्थात मिजल्स एक भाइरसको संक्रमणबाट लाग्ने रोग हो । संक्रमण भएको सातदेखि चौध दिनमा लक्षण देखिन्छ ।

लक्षण


ज्वरो आउने

खोकी लाग्ने

सिँगान बग्ने

आँखा रातो हुने

ज्वरो आएको २४ घण्टापछि गिँजामाथिको मुख भित्रको छालामा कनिका जस्तो सानो सानो फोका आउने

ज्वरो आएको चार दिन जति पछि अनुहार, घाँटी, ढाड, हातखुट्टामा रातो दानाहरु आउने हुन्छ । (अनुहार मा पहिला देखिन्छ अनि शरीर भरि फैलिन्छ)

कसरी सर्छ ?


संक्रमित व्यक्तिबाट यो रोग अति नै सजिलोसँग फैलिन सक्छ

रोगीले हाछ्युँ गर्दा, खोक्दा भाइरस सजिलो गरेर अरु व्यक्तिमा सजिलै फैलिन्छ

घन्टौँ सम्म यो भाइरस वातावरणमा बच्न सक्छ

हातले संक्रमित सतह छोएर नाक, आँखा, मुख छुँदा सजिलै सर्न सक्छ

संक्रमित व्यक्तिले रातो दाग आएको ४ दिन पहिलादेखि ४ दिनपछि सम्म रोग सार्न सक्छ ।

जटिलता


कान पाक्ने

पखाला लाग्ने

निमोनिया

ब्रेन सुनिनु

कान नस्सुने हुनु

वर्षौँपछि नसा सम्बन्धी समस्या

बच्चाहरुको ज्यान जान सक्छ

गर्भवति महिलाको बच्चा सानो जन्मनु र समय भन्दा पहिले जन्मनु

यसको उपचार लक्षण अनुसार हुन्छ । गाह्रो परेको अवस्थामा भिटामिन ए दिन सकिन्छ । यसबाट जोगिने सबैभन्दा उत्तम उपाय खोप नै हो ।

(यो सामग्री डा. अनुप बास्तोलाले उपलब्ध गराएका हुन् ।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?