कुन क्यान्सरको जोखिम कस्तो, जोगिने उपाय के ?

कुन क्यान्सरको जोखिम कस्तो, जोगिने उपाय के ?
+
-

काठमाडौं – विश्व क्यान्सर दिवस आइतबार विभिन्न सचेतना मुलक कार्यक्रम गरी नेपालमा पनि मनाईंदै छ । विश्वमा मानिसको ज्यान लिने रोग मध्ये दोस्रो नम्बरमा रहेको क्यान्सर विरुद्ध जनचेतना जगाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ का दिन विश्वभर क्यान्सर दिवस मनाउने गरिएको छ ।

क्यान्सर विरुद्धको अभियान तथा लडाईंका लागि विश्वका मानिसलाई एकताबद्ध गर्ने यो दिवसको उद्देश्य रहेको छ । क्यान्सरका कारण हुने मृत्यु जीवनशैलीमा सानो परिवर्तन वा ख्याल गरेमा रोक्न सकिने र त्यसका लागि सचेतनाको खाँचो रहेको चिकित्सकले बताउने गरेका छन् ।

क्यान्सर रोग र यसबाट बच्ने उपायका बारेमा जानकारी गराउने तथा विश्वभरका सरकार तथा व्यक्तिलाई आआफ्नो स्थानबाट कदम चाल्नका लागि दबाब दिइँदै आइएको छ ।

क्यान्सरबाट विश्वका अधिकांश परिवार प्रभावित

विश्वमा अधिकांश परिवारका सदस्य वा आफन्त क्यान्सरबाट पीडित रहेको र अहिले विश्वमा हुने हरेक ६ मृत्युमा एकको कारण क्यान्सर रहेको विश्वस्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

क्यान्सरबाट हुने धेरै मृत्यु सानो सावधानी अपनाएमा जोगाउन सकिने र क्यान्सरलाई जितेका मानिसको जीवन पनि सहज बनाउन सक्ने सम्भावना रहेको डब्लुएचओले जनाएको छ । सन् २०१५ मा सार्वजनिक भएको पछिल्लो तथ्यांक अनुसार विश्वमा क्यान्सरका कारण एक वर्षमा ८८ लाख मानिसको ज्यान गएको थियो ।

क्यान्सरबाट हुने मृत्युको मारमा कम तथा मध्यम आए भएका देशका नागरिक धेरै रहेको डब्लुएचओको तथ्यांकले देखाएको छ । हरेक वर्ष क्यान्सरबाट हुने मृत्यु मध्ये ७० प्रतिशत भन्दा बढी कम वा मध्यम आय भएका देशमा रहने गरेको छ ।

क्यान्सरबाट हुने मृत्यु : जीवनशैली मुख्य कारण

क्यान्सरबाट हुने मृत्यु मध्ये एक तिहाईको कारण मानिसको जीवनशैली नै देखिएको छ । यसमा मोटोपन, फलफूल प्रयोग कम, व्यायामको कमी, सूर्तिजन्य पर्दाथको सेवन र रक्सीको सेवन रहेका छन् ।

यसमध्ये सूर्तिजन्य पदार्थको प्रयोग सबैभन्दा ठूलो कारक हो । यसले क्यान्सरबाट हुने मृत्युको २२ प्रतिशत हिस्सा लिएको हुन्छ । यस्तै क्यान्सरका कारण हुने इन्फेक्सन, हेपाटाइटिस र ह्युमन प्यापिलोमा भाइरस एचपिभीका कारण २५ प्रतिशत मृत्यु हुने गरेको छ ।

डब्लुएचओले सन् २०१२ मा सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा विश्वभर झण्डै एक करोड ४० लाख क्यान्सरका नयाँ बिरामी देखिने गरेका थिए । अबको दुई दशकमा क्यान्सरका नयाँ बिरामीको संख्या ७० प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

क्यान्सरबाट हुने मृत्यु मध्ये फोक्सोको क्यान्सर सबैभन्दा अघि रहेको छ । सन् २०१५ को तथ्यांक अनुसार विश्वभर १६ लाख ९० हजार मानिसको फोक्सोको क्यान्सरका कारण ज्यान गएको थियो ।

यस्तै कलेजोको क्यान्सरका कारण ७ लाख ८८ हजार, कोलोरेटल क्यान्सरका कारण ७ लाख ७४ हजार, पेटको क्यान्सरका कारण ७ लाख ५४ हजार तथा स्तन क्यान्सरका कारण ५ लाख ७१ हजार मानिसको ज्यान गएको छ ।

क्यान्सर र नेपाल

विश्वमा जस्तै नेपालमा पनि क्यान्सरका कारण हुने मृत्युको मख्य कारक फोक्सोको क्यान्सर रहेको छ ।

यस्तै महिलामा हुने पाठेघरको मुखको क्यान्सर पनि अर्को प्रमुख कारण रहेको नेपाल क्यान्सर अस्पताल तथा अनुसन्धान केन्द्रका क्यान्सर सर्जन डा. कपेन्द्रशेखर अमात्यले बताए । नेपालमा हरेक वर्ष २० देखि ३० हजारको हाराहारीमा क्यान्सरका नयाँ बिरामी देखिने गरेका छन् ।

जीवनशैलीमा सामान्य परिवर्तन गरेमा क्यान्सरबाट हुने एक तिहाई मृत्यु वा त्यसको जोखिम कम गर्न सकिने र वर्षमा एकपटक नियमित स्वास्थ्य परीक्षण गरेमा अर्को एक तिहाई क्यान्सर र त्यसबाट हुने मृत्युबाट जोगिन सकिने डा. अमात्यले बताए ।

बाँकी रहेको एक तिहाई क्यान्सर भने ढिलो गरी थाहा हुने भएकाले त्यसका लागि सचेतना अपनाउने र क्यान्सर विरुद्धको अभियानलाई प्रभावकारी बनाउनु पर्ने उनको भनाई छ ।

पछिल्लो समय भएका अध्ययनले सूर्तिजन्य पदार्थ जस्तै मोटोपन पनि क्यान्सर जोखिको मूख्य कारण देखिएको डा. अमात्यले बताए । जति माटोपन भयो, त्यति नै क्यान्सरको जोखिम बढी हुने देखिँदै आएकाले त्यसलाई पनि नियन्त्रण गर्नु पर्ने चिकित्सकको भनाई छ ।

जोखिम कम गर्ने उपाय

चुरोट तथा सूर्तिजन्य अरु पदार्थको प्रयोग नगर्ने

मोटोपन कम गर्ने

सन्तुलित आहार गर्ने र फलफूलको प्रयोग बढी गर्ने

व्यायाम नियमित गर्ने

मादक पर्दाथको प्रयोग सकेसम्म नगर्ने

शहरी वायु प्रदुषण कम गर्नका लागि प्रयास गर्ने

अल्ट्राभ्वाइलेट रेडिएसनबाट बच्ने

नियमित स्वास्थ्य परीक्षण गर्ने

शरीरमा गाँठागूँठी देखिने बित्तिकै स्वास्थ्य जाँच गराउने

तारेको, भुटेको र डढेको खानेकुरा सकेसम्म नखाने

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?