प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष कार्यक्रम सार्वजनिक

प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष कार्यक्रम सार्वजनिक
+
-

काठमाडौ-प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ। गौतमबुद्धको जन्मस्थल लुम्विनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्विनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो।

समग्र लुम्विनीलाई पर्यटन प्रवद्र्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न सो भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए।

‘बुद्ध जन्मस्थल लुम्विनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्‍ने मूल नारा तय गरिएको सो भ्रमण वर्ष आगामी जेष्ठ ४ गते लुम्विनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने पनि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने सो पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको पनि स्पष्ट पारे।

कार्यक्रम अनुसार सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्विनी भ्रमण वर्षको निम्तो दिनेछ। भ्रमण वर्ष कार्यक्रम अन्तरगत आगामी जेष्ठ ५ गते लुम्विनीमा मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ।

त्यसैगरी लुम्विनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक द्धिप प्रज्वलन, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरु पनि संचालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताए।

जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका विश्वका डेढ अरव बौद्धमार्गीहरुलाई लुम्विनी र नेपालको भ्रमणमा आकर्षित गर्ने लक्ष्य पनि सो कार्यक्रमको रहेको प्रदेश ५ को सरकारले जनाएको छ।

मुख्यमन्त्री पोखरेलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्विनी भ्रमण वर्षले सहयोग पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?