सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा

सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा
+
-

पोखरा – पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ ।

गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत बनाउने प्रयास गरेको हो ।

भ्रमणका क्रममा टोलीले सिक्किम राज्यका ग्रामीण विकास विभाग निर्देशक विशाल राईसँग अन्तरक्रिया ग¥यो ।

राईले टेवानसँग भोलिका दिन सहकार्य गरेर दुई देशका नागरिकबीच पर्यटन प्रर्वद्धनात्मक तालीम तथा ‘एक्स्पोजर भिजिट’का कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

टेवानका अध्यक्ष लक्की कार्की क्षेत्रीले टेवानको स्थापनादेखि नै पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस भ्रमणले दुवै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

भ्रमण टोलीले भारतको पेलिङस्थित चेरी भिलेज होमस्टेका सञ्चालक सुशील तामाङसँग पनि अन्तरक्रिया गरेको थियो ।

अन्तरक्रियाका क्रममा तामाङले २० वर्ष अगाडि अति नै दयनीय अवस्थामा रहेको यस ठाउँमा हेमस्टे सञ्चालनसँगै धेरै कुरामा परिवर्तन तथा विकास भएको जानकारी गराए ।

गाउँमै होमस्टे सञ्चालन गरी अन्तर्राष्ट्रियस्तरमा आफ्नो फरक पहिचान बनाउन सफल तामाङले यस क्षेत्रमा अथाह सम्भावना देखेर आफू मात्र होइन, धेरै युवालाई यस क्षेत्रमा लाग्न प्रेरित गरेको अनुभव सुनाए ।

होमस्टे सञ्चालकले मात्र होइन, कुखुरापालक, बाख्रापालक तथा खेतीपाती उब्जाउ गर्ने किसानले पनि राम्रो आम्दानी गर्न सक्ने तामाङले बताए ।

आफूले धेरै पटक नेपालको भ्रमण गरेको जानकारी गराउँदै तामाङले पर्यटनमा नेपालको धेरै सम्भावना रहेको उल्लेख गरे ।

संस्थाका महासचिव तथा कार्यक्रम संयोजक कमला गिरीले पर्यटनसम्बद्ध संस्थाका प्रतिनिधिसँग गरिएको अन्तरक्रिया फलदायी भएको बताए ।

भ्रमणका क्रममा अन्तरक्रिया एवं छलफलका साथै सिक्किमस्थित चारधामलगायत विभिन्न स्थान र दार्जलिङको चिया बगान आदिको स्थलगत अवलोकन गरिएको टेवानका उपाध्यक्ष रेनु थापाले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?