हेल्थ टिप्स

उच्च रक्तचाप नियन्त्रण गर्ने उपायहरु

उच्च रक्तचाप नियन्त्रण गर्ने उपायहरु
+
-

धनगढी- १७ मे अर्थात विश्व उच्चरक्तचाप दिवस। विश्वभर विभिन्न कार्यक्रम गरेर विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा मात्र नभएर विश्वभर नै उच्च रक्तचापका बिरामीहरु बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार एक वर्षमा मुटु तथा रक्तनलीका रोगहरुबाट १ करोड ७० लाख मानिसको मृत्यु हुने गरेकोमा उच्च रक्तचापका कारणबाट करिव ९४ लाखको मानिसको मृत्यु भइरहेको छ।

मुटुबाट रगत पम्प भएर शरीरका सम्पूर्ण भागहरूमा सञ्चार हुने क्रममा रगतले रक्तनलीको लचकतामा एक प्रकारको चाप पैदा गर्नुलाई नै रक्तचाप भएको नोभा हस्पिटल धनगढीमा कार्यरत डा. सुमन भट्टले बताए ।

चिकित्सकका अनुसार १८ वर्ष वा सो भन्दा माथिका व्यक्तिमा रक्तचाप सिस्टेलीक ब्लड प्रेसर १४० र डाइस्टेलीक ९० वा सो भन्दामाथिको अवस्थालाई उच्च रक्तचाप भनिन्छ।

डा. भट्टले भने,‘मुटु रोगका कारण ४५ प्रतिशत र मस्तिष्कघातबाट ५१ प्रतिशत मानिसहरुको मृत्यु उच्च रक्तचापका कारणले हुने गर्दछ।’

त्यसैगरी, नेपालमा २०१३ मा गरिएको सर्वेक्षण अनुसार महिला २१ प्रतिशत र पुरुष ३१ प्रतिशतमा उच्च रक्तचाप पाइएको थियो भने २०१६ का तथ्याङ्क अनुसार महिला १७ प्रतिशत र पुरुष २३ प्रतिशतमा उच्च रक्तचाप पाइएको छ।

जस मध्ये ९० प्रतिशत उच्च रक्तचापका बिरामीले उपचार सेवा सेवा नलिएको पाइएको जानकारहरुले बताएका छन्।

नियमित शारीरिक व्यायम गर्नले केही हदसम्म उच्च रक्तचापलाई नियन्त्रनमा लिन सक्ने डा. भट्टले बताए।

पछिल्लो समय यो रोगका बिरामी बढ्नुको मुख्यकारण परिर्वतित जीवनशैली, खानपान, मोटोपना रहेको उनले बताए ।

समयमै उपचार गर्न सके यस रोगलाई नियन्त्रणमा लिन सकिएता पनि सही समयमा उपचार नपाउँदा यो रोगले शरीरका विभिन्न अंगहरुमा समेत असर गर्ने डा. भट्टले बताए।

उनका अनुसार यसले मुटु, मस्तिष्क, आँखा, मृगौला, फोक्सो जस्ता विभन्न अंगहरुमा असर पु¥याउने गर्दछ।

जसले गर्दा मुटु रोग, मधुमेह, पक्षघात, क्यान्सर लगायतका नसर्ने रोगको प्रकोपको दिन प्रति दिन बढ्दै गइरहेको समेत चिकित्सकहरुले बताएका छन्। डा. भट्टले भने,‘विशेषगरी शहरी क्षेत्रका बच्चाहरूमा मोटोपनाको समस्या बढी देखिएको छ, बंशाणुगत रोग, स्तनपान नगराउनु, धुम्रपान, जंकफुडको प्रयोग, वोसोयुक्त खानाको उपभोग, फाइबर कम भएका खाना र साथै गुलिया धेरै, शारीरिक व्यायम नगर्ने र बिलासी जीवन आदिका कारण मानिसहरुले उच्च रक्तचापको जोखिम उठाइरहेका छन्।’

उच्च रक्तचापबाट बच्ने उपायहरुः


धुम्रपान, मदिरा सेवनबाट टाढै बस्ने

प्रतिदिन आधा घण्टा भन्दा बढी शारीरिक व्यायाम गर्ने

खानामा नुनको प्रयोग कम गर्ने

मानसिक तनाव कम गर्ने

सामान्य मानिसले बीपी ६–६ महिनामा जाँच गराउने

बीपी नियन्त्रणमा नरहेकाहरुले ७–७ दिनमा समय समयमा स्वास्थ्य जाँच गराउने वा चिकित्सकसँग परामर्श लिने गर्नु पर्दछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?