मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, ओइरिँदै पर्यटक, थपिँदै होटल

मानसरोबर जाने मार्ग अब नेपालगञ्ज, ओइरिँदै पर्यटक, थपिँदै होटल
+
-

नेपालगञ्ज – कैलाश मानसरोवर पुग्न चाहने तीर्थालुहरुका लागि हिजोआज नेपालगञ्ज केन्द्र बन्न थालेको छ । नेपालगञ्जमा पर्यटकको ओइरो लाग्न थालेपछि यहाँ एक पछि अर्को नयाँ होटलहरु बनिरहेका छन् ।

पर्यटनसँग सम्बन्धित अनेक व्यवसाय चम्किएका छन् । लाग्छ, नेपालगञ्जमाथि कैलाशपति महादेवको बरदान वर्षिएको छ ।

नेपालगञ्जको भाग्य चम्किनुको अर्को कारण हो, मुगुको राराताल । यो ताल हेर्न जाने स्वदेशी तथा विदेशी पर्यटकको प्रवेशद्वार पनि नेपालगञ्ज नै हो ।

मानसरोवर चीनमा पर्छ, त्यहाँ पुग्ने पर्यटकले नेपालको बाटो प्रयोग गर्छन् । मानसरोवर चीनमा परेपछि पर्यटकले त्यहाँ नपुगुञ्जेलसम्म नेपालमा खर्च गर्छन् ।

अधिकाँश पर्यटक नेपाल भएर मानसरोवर जाने हुँदा उनीहरुले नेपालमै ९० प्रतिशत रकम खर्च गर्ने गर्छन् ।

अहिले पर्यटनका लागि उपयुक्त मौमस होइन तर, यही बेमौसमी ‘टेको’ भारतीय पर्यटकले धानेका छन् ।

मानसरोवर जाने उपयुक्त समय हरेक वर्षको वैशाख महीनाको मध्यदेखि भदौ महीनासम्म (मे महीनादेखि सेप्टेम्बर महीनासम्म) भए पनि बेमौसममा पर्यटकको रौनक नेपालगञ्जमा देखिँदै छ ।

“मानसरोवर–कैलाश पर्वत भ्रमणको रुचि औधी रहेकाले यही बेमौसमको ‘टेको’ भारतीयले धानेका छन्,” होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष भाष्कर काफ्लेले भने ।

नेपाल–भारत व्यापारिक नाका नेपालगञ्ज हुँदै तिब्बतको कैलाश मानसरोवर जाने याम शुरु भइसकेको छ ।

होटल व्यवसायीहरुले कमाउने खास समय पनि यही हो । हिन्दू धर्मावलम्बीहरु जीवनमा एकपटक पवित्र धार्मिकस्थल तिब्बतको कैलाश मानसरोवर पुग्ने आकाँक्षा राख्छन् ।

याम सुरु भएसँगै नेपालगञ्ज हुँदै मानसरोवरतर्फ प्रस्थान गर्ने गर्छन् । मे महीनाबाट याम शुरु भएको छ । ठूलोे सङ्ख्यामा मानसरोवर जाने पर्यटकहरु नेपालगञ्ज भित्रिन थालेका छन् ।

मानसरोवर तीर्थाटनका लागि जानेमा अधिकाँश यात्रु भारतीय हुन्छन् । यो ठाउँ समुद्री सतहबाट करीब ६ हजार ५०० मिटर उचाइमा रहेको छ । मानसरोवर ताल कैलाश पर्वतको फेदी हो ।

कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्छ । साधारणतया ४० देखि ७० वर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् । पछिल्लो समयमा नेपालीहरु पनि मानसरोवर यात्रामा जाने गरेका छन् ।

यसरी फेरियो भाग्य


नेपालगञ्ज अतितदेखि नै पश्चिम नेपालको सबैभन्दा ठूलो शहर, वाणिज्य तथा प्रशासनिक केन्द्र रहँदै आएको छ । द्वन्द्वकालमा पश्चिम पहाडी क्षेत्र अशान्त बनेपछि नेपालगञ्ज तथा आसपासमा ठूलो सङ्ख्यामा मानिस ओइरिए ।

पश्चिम नेपालमा शान्तिको प्रयास गर्ने अनेक सङ्घसंस्थाले नेपालगञ्जलाई मुकाम बनाए । द्वन्द्वकालपछि नेपालगञ्जको भाग्य अलि सुस्त भएको थियो तर, अहिले अवस्था फेरिएको छ ।

अवस्था फेरिनाको मुख्य कारण हो कैलाश मानसरोवर जाने भारतीय यात्रुहरुको मार्ग नेपालगञ्ज बन्न थाल्नु । यहाँ भारतीय पर्यटकहरुको ओइरो लाग्न थालेको छ । कैलाश मानसरोवर जाने भारतीय तीर्थालुहरुको मुख्य मार्गका रुपमा नेपालगञ्जको भाग्य चम्कन थालेको हो ।

भारतीय तीर्थालुहरु विमानबाट काठमाडौं हुँदै नेपालगञ्ज आइपुग्छन् । स्थलमार्गबाट आउनेहरु रुपैडिहा नाका हुँदै नेपालगञ्ज छिर्छन् । नेपालगञ्ज आइपुग्ने तीर्थयात्रीहरु हुम्ला हुँदै मानसरोवर पुग्छन् ।

कैलाश मानसरोवर हिन्दू, बौद्ध तथा जैन धर्मावलम्बीका लागि पवित्र तीर्थस्थल हो ।

चीनमा पर्ने मानसरोवर पुग्न भारतबाटै पनि मार्ग नभएको होइन तर नेपालबाट जति सुरक्षित छैन । बेलाबखत हुने भारत र चीनको द्वन्द्वका कारण मानसरोवर जाने यात्री समस्यामा पर्छन् ।

त्यसैले पनि भारतीय तीर्थालुहरुको मार्ग नेपाल हो र नेपालको पनि नेपालगञ्ज हो । नेपालगञ्जबाट हुम्लाको सिमीकोट हुँदै मानसरोवर जान सकिन्छ ।

पछिल्लो समया नेपालमा छाएको शान्तिले पनि भारतीय तीर्थालुहरुको मानसरोवर जाने मार्ग नेपालगञ्ज बनेको हो । शान्तिले समृद्धि ल्याउँछ भन्ने उक्ति यथार्थमा परिणत भएको महशुस नेपालगञ्जवासीले गर्न थालेका छन् ।

नेपालगञ्जलाई भारतीय तीर्थालुहरुले चुन्नाका अर्को कारण हो भारतको दिल्ली र लखनऊ हुँदै नेपालगञ्ज पुग्ने ६ लेनको सडक ।

भव्य सडक बनेपछि नेपालगञ्जमा पर्यटकको आगमनसँगै आर्थिक गतिविधिले पनि तीव्रता पाउन थालेको छ ।

ओइरिँदै पर्यटक, थपिँदै होटल


नेपालगञ्ज नाकाबाट मानसरोवर कैलाश दर्शन गर्न जान अहिले दैनिक सयौंको सङ्ख्यामा भारतीय पर्यटकहरु नेपालगञ्ज पुग्न थालेका छन् ।

भारतीय पर्यटकको चाप बढ्न थालेपछि नेपालगञ्जका प्रायः सबै ठूला र मध्यम होटलहरु भरिभराउ हुँदै गएका छन् ।

भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, राजस्थान, कर्नाटक र तामिलनाडुका यात्रीहरु नेपालगञ्ज भएर मानसरोवर पुग्ने गरेका छन् ।

गत वर्षमात्रै करीब १० हजार भारतीय पर्यटक नेपालगञ्जबाट हुम्लाको सिमीकोट हुँदै कैलाश मानसरोवर गएका थिए ।

गतवर्ष करीब १५ हजार पर्यटकले कैलाश मानसरोवरको दर्शन गरेका थिए । यीमध्ये करिब पाँच हजार पर्यटक काठमाडौंबाट हवाईमार्ग हुँदै नेपालगञ्ज आएका थिए भने बाँकी यात्रु लखनऊ रुपैडिया हुँदै आएका थिए ।

यसवर्ष यो सङ्ख्या बढेर करीब २५ हजार पुग्ने अनुमान छ । तिब्बती मार्ग नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगञ्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गइरहेकाले सङ्ख्या बढ्दै जान थालेको छ ।

मानसरोवर जाने पर्यटकको सङ्ख्या बढेसँगै यहाँ होटलसहित अन्य पर्यटन व्यवसाय फस्टाएको बताउछन्, उपाध्यक्ष काफ्ले ।

बैशाखदेखि असोजसम्म काठमाडौं–नेपालगञ्ज हवाई उडानको सङ्ख्या दोब्बर हुने गरेको छ । नेपालगञ्जबाट हुम्लाको सिमीकोटका लागि दैनिक १६ वटासम्म उडान हुने गरेका छन् ।

मानसरोवरलाई गन्तव्य बनाएर नेपालगञ्ज आइपुग्ने भारतीय पर्यटक निकै स्तरीय (खर्च गर्ने क्षमता भएका) छन् । यस्ता पर्यटकले तारे होटल खोज्ने गरेपछि नेपालगञ्जमा धमाधम तारे होटलहरु थपिँदै छन् ।

नेपालगञ्जसँगै जोडिएको शहर कोहलपुरमा सेन्टर प्लाजा होटलले आफ्नो सेवालाई बढाउँदै लगेको छ ।

नेपालगञ्जमा सोल्टी, सिद्धार्थ भ्यूू, किचन हट, बाटिका, स्नेहा, सिटी प्यालेस, सिग्नेट कृष्णा, कलपत्रु जस्ता ठूला र सुविधा सम्पन्न होटलसहित करीब दुई दर्जन साना होटल थपिएका छन् ।

पर्यटक बढेपछि होटल व्यवसायीहरु पनि उत्साहित भएको होटल सिद्धार्थका प्रबन्ध निर्देशक मुक्तिराम भण्डारी बताउछन् ।

उनीहरुले क्षमता सँगसँगै सेवाको गुणस्तर पनि बढाएका छन् । नेपालगञ्जका होटलहरुले दैनिक एक हजार पर्यटकहरुलाई स्तरीय आतिथ्यता दिन सक्छन् ।

नेपालगञ्जका पर्यटन व्यवसायी प्रशान्त शाह भन्छन्, “नेपालगञ्जको भविष्य अझ सुनौलो छ । मानसरोवरको प्रमुख नाका यही हो । भारतीय पर्यटकलाई नेपाल आउन सहज छ । सडक सञ्जालका कारण पनि भारतीयको सङ्ख्या बढिरहेको छ । फलतः नेपालगञ्जको पर्यटन उद्योग मौलाएको छ ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?