
अ
+
अ
अ
-
बर्दिया-नेपालको मध्य तथा सुदूर पश्चिममा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटरमा फैलिएको छ। यो निकुञ्ज विशेषगरी बाघ, गैँडा र हात्तीको लागि प्रख्यात मानिन्छ।
बर्दिया राष्ट्रिय निकुञ्ज जंगली हात्तीहरुको घर हो। यहाँ १०० भन्दा धेरै जंगली हात्ती भएको निकुञ्जले जनाएको छ। संख्या धेरै भए पनि जंगली हात्ती हुल बाँधेरसँगै हिडेको बिरलै देखिने गर्छ।
हुन त बर्दिया राष्ट्रिय निकुञ्जको तिनकुनेबाट हात्ती, गैँडा र बाघ एकैसाथ देख्न सकिन्छ। तर हात्ती नै लर्को लागेर पोखरीमा पसेर नुहाएको कमै देखिन्छ।
देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले हात्तीको हुललाई यसरी क्यामेरामा कैद गरेकी छिन्।