काठमाडौं–आईसिसी वल्ड क्रिकेट लिग डिभिजन दुईअन्तर्गत आफ्नो पहिलो खेलमा नामिबियाविरुद्ब एक सय ३९ रनको लक्ष्य पछ्याइरहेकाे नेपालले रन नजाेड्दै पहिलाे विकेट गुमाएकाे छ। दाेस्राे अाेभरकाे पहिलाे बलमा दिलिप नाथ शुन्यमा अाउट भए। नेपालले ताजा स्थितीमा पाँच अाेभरमा एक विकेट गुमाएर १३ रन जाेडेकाे छ। कप्तान पारस खड्का अाठ र ज्ञानेन्द्र मल्ल तीन रनमा खेल्दै छन्।
टस हारेपछि पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले ३४.२ अाेभरमा सबै विकेट गुमाएर एक सय ३८ रनमा समेटियो।
नामिबियालाई सस्तोमा समेट्न स्पिनर सन्दिप लामिछानेले चार तथा साेमपाल कामीले तीन विकेट लिए। शरद भेषावकर, बसन्त रेग्मी र पारस खड्काले एक एक विकेट हात पारे।
नामिबियाका क्रेग कोलिन्स ४१ तथा जेन ग्रिन र जान फ्रिलिन्कले २२/२२ रन बनाए। स्टेफान बार्ड र जेजे स्मिथले १८/१८ रन बनाए।
सन्दिपले ८.२ अाेभरमा दुई मेडन राखेर १८ रन खर्चिए। सोमपालले सात ओभरमा एक मेडन राखेर ३५ रन दिए। पारसले चार ओभरमा दुई मेडन राखेर १६ रन दिए।
यो पनि पढ्नुहोस…