एकै दिन ३०५ जना पर्यटक सिमकोटमा ओर्लिए

एकै दिन ३०५ जना पर्यटक सिमकोटमा ओर्लिए
+
-

हुम्ला, सिमकोट – मानसरोवर कैलाशको सिजन सुरु भएयता एकै दिन ३०५ जना पर्यटक सिमकोट विमानस्थलमा ओर्लिएका छन् ।

नेपालगञ्जबाट उनीहरु सिमकोट पुगेका हुन्, एकै दिनमा त्यहाँ पुगेका पर्यटकको यो संख्या अहिलेसम्मकै बढी हो । मासरोवर कैलाश जानेको चाप बढ्दा र मौसमले साथ दिँदा एक दिनमा यति धेरै पर्यटकहरु भित्रिएका हुन् ।

शुक्रबार नेपालगञ्जबाट सिमकोटका लागि ३०५ जना भारतीय पर्यटकहरु भित्रिएको विमानस्थल प्रहरीले जनाएको छ । यो संख्या हालसम्मकै सबै भन्दा बढी एक दिनमा पर्यटक जिल्लामा भित्रिएका हुन । यस अघि एक दिनमा दुई सयसम्म पर्यटक भित्रिएका थिए ।

शुक्रबार १४३ जना महिला र १६२ जना मानसरोवर कैलाश जाने भारतीय पर्यटक नेपालगञ्जबाट सिमकोट ओर्लिएका हुन् । यी पर्यटक ओसार्न नेपालगञ्जबाट सीता, तारा र समिट एयरका जहाजले २५ उडान गरेका थिए ।

सिमकोटबाट हिल्सा पनि हालसम्मकै सबै भन्दा बढी ४५ पटक भन्दा बढी हेलिकोप्टरले उडान भरेका थिए । गत जेठ ४ गतेदेखि मानसरोवर कैलाश जाने यात्रु भित्रिन सुरु भएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?