गुठी विधेयकको विरोधमा बसन्तपुरमा प्रदर्शन

गुठी विधेयकको विरोधमा बसन्तपुरमा प्रदर्शन
+
-

काठमाडौँ – गुठी विधेयकको विरोधमा राजधानीको बसन्तपुर दरबार क्षेत्रमा प्रर्दशन भएको छ । ज्यापू महागुठी नेवाः केन्द्रीय समितिको आव्हानमा शनिबार बिहान बसन्तपुरदरबार क्षेत्रमा विरोध प्रर्दशन गरिएको हो ।

ज्यापू महागुठी अन्तर्गतका विभिन्न गुठीका गुठीयार तथा सर्वसाधरण सम्मिलित प्रर्दशनमा परम्परागत धार्मिक, सांस्कृतिक धरोहर अतिक्रमण गर्ने गरी गुठी विधेयक ल्याईएको भन्दै विरोधमा नाराबाजी गरिएको थियो ।

प्रदर्शनकारीले नेवाः एकता जिन्दावाद, गुठी विधेयक खारेज गर,सांस्कृतिक अतिक्रमण बन्द गर, नेवा अव जाग्दैछ, आफ्नो अधिकार खोज्दैछ लगायतका नारा लगाएका थिए । ज्यापू महागुठी अन्र्तगतका गुठीहरुहरुको संलग्नतामा निकालिएको विरोध र्यालीले न्यूरोड, जैसीदेवल लगायतका स्थान हुदै बसन्तपुरदरबार क्षेत्र पुगी कोणसभामा परिणत भएको थियो ।

सरकारले ल्याएको गुठी विधेयकको सडकबाट सदनसम्म विरोध हुँदै आएको छ । सत्तारुद दलकै सांसदहरुले पनि यो विधेयकको विरोध गर्दै आएका छन् ।

सरकारले मुलुकभरका गुठीहरुको व्यवस्थापन लगायतका कामका लागि प्राधिकरण गठन गर्ने र गुठीको जग्गा भोगचलन गर्दै आएका किसानको नाममा रजिष्ट्रेशन पास गरिदिने व्यवस्था सहितको गुठी विधेयक ल्याएपछि त्यसले परम्परागत धार्मिक तथा सांस्कृतिक धरोहरको अस्तित्व समाप्त पार्ने भन्दै मुलुकभरका गुठीहरु विरोधमा उत्रिएका हुन् ।

गुठी विधेयकको विरोधमा राजधानी लगायत मुलुकका विभिन्न स्थानमा दैनिकजसो विरोध प्रर्दशन हुँदै आएको छ भने संघीय संसदमा पनि सांसदहरुले विधेयकको विरोध गदैँ आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?