बङ्गलादेशमा भयो नेपालको फोटो प्रदर्शनी

बङ्गलादेशमा भयो नेपालको फोटो प्रदर्शनी
+
-

काठमाडौँ – नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बङ्गलादेशको दोश्रो ठूलो शहर चितागोङमा नेपालको फोटो प्रदर्शनी भएको छ । ‘द स्मल हेवेन’ नाम दिएको उक्त प्रदर्शनीमा नेपालका धार्मिक, ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक सम्पदा एवम सहासिक पर्यटन सम्बन्धी फोटोहरुको प्रदर्शनी गरिएको कार्यक्रम संयोजक विष्णुकान्त घिमिरेले जानकारी दिए ।

बन्दिपुर युनेस्को क्लबले रोटर्याक्ट क्लब अफ इस्लामाबाद चितगोङसँगको सहकार्यमा आइतबार प्रर्दशनीको आयोजना गरेको घिमिरेले बताए । रोटर्याक्ट क्लब अफ इस्लामाबाद चितगोङको २५ औँ वर्षगाँठको अवसरमा चितागोङ प्रेस क्लबको बङ्गोबन्धु हलमा आयोजित प्रदर्शनीमा करिब हजार जनाले अवलोकन गरेको घिमिरेले बताए ।

सोही अवसरमा सन् २०२० मार्चमा नेपालमा आयोजना गर्न लागिएको ‘एडभेन्चर नेपाल २०२०’ को समेत घोषणा गरिएको छ । नेपाललाई अन्तर्रास्ट्रिय स्तरमै सहासिक खेलहरुको हब बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गर्न लागिएको सो कार्यक्रममा विश्वभरबाट करिब सय जना सहभागी हुने आयोज बन्दिपुर युनेस्को क्लबका अध्यक्ष टिकाराम पनेरुले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?