फोटो फिचर

समर्थकले पूजाअर्चना गरेर मनाए पूर्वराजाको जन्मोत्सव

समर्थकले पूजाअर्चना गरेर मनाए पूर्वराजाको जन्मोत्सव
+
-

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहको ७३ औँ जन्मोत्सव उनका समर्थकहरुले पूजाआजा गरेर मनाएका छन् । निर्मल निवास बाहिर रहेका पूर्वराजा शाहको जन्मोत्सवका अवसरमा राजसंस्थाका पक्षधरहरुले काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजाआजा गरेर मनाएका हुन् ।

जन्मोत्सव आयोजक मुल समारोह समितिका अनुसार कमलादी गणेशथानमा पूर्वराजाको सुस्वास्थ्य तथा दीर्घायु र मुलुकमा शान्तिका लागि पूजाअर्चना गरिएको हो।

यसपछि निर्मल निवासमा गइ पूर्वराजाको सचिवालयमा अभिनन्दन पत्र बुझाउने र बेलुका पाँच बजे फेरि गणेश मन्दिरमा पूजाआजासहित कार्यक्रम विसर्जन हुने बताइएको छ ।

११ वर्षअघि नारायणहिटी त्यागपछि पनि उनका अनुयायीहरुले हरेक वर्ष असार २३ गते उत्साहका साथ जन्मदिन मनाउँदै आएका छन् । यद्यपि २०७२ सालमा भूकम्प र प्राकृतिक प्रकोपका कारण पूर्वराजाले जन्मदिन मनाएका थिएनन् ।

तस्बिरहरु: सुलभ श्रेष्ठ/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?