काठमाडौँको कुलेश्वरमा रहेको ओरिन्टिएल कोलोनी डुबानमा परेपछि त्यहाँ फसेकाहरुको डुंगाबाट उद्धार गरिएको छ।

नेपाली सेनाले त्यहाँ बसेकाहरुलाई प्लास्टिकको डुंगाबाट उद्धार गरेको हो। सेनाले उनीहरुसँगै खाना पकाउने ग्यासको सिलिण्डर पनि निकालेको छ।

यसका साथै पानीको सहत कम्मर कम्मरसम्म आएपछि कोहीलाइ ट्युबमा राखेर उद्दार गरिएको छ भने कसैलाइ हात समाएर उद्दार गरिएको छ।

लत्ताकपडा समेत बाहिर निकालिएको छ। बिहीबारदेखि लगातार परेको पानीका कारण कोलोनी डुबेको हो।
बाढीको बहाव खतराको तहभन्दा माथि पुगेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढीविज्ञ विनोद पराजुलीले नदी आसपासका क्षेत्रका बासिन्दालाई उच्च सावधानी अपनाउन मोबाइल मार्फत एसएमएस पठाइसकिएको जानकारी दिएका छन्।
उनले काठमाडौँ उपत्यकामा पनि बागमती नदी आसपास क्षेत्रका बासिन्दाले सावधानी अपनाउन आवश्यक रहेको बताए।
 
 
 
 
 
 
 

                                                                                                                    
                                            
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































