तत्काल ज्यान लिने कार्डिएक अरेस्ट खासमा के हो? हृदयघात भन्दा कसरी भिन्न?

तत्काल ज्यान लिने कार्डिएक अरेस्ट खासमा के हो? हृदयघात भन्दा कसरी भिन्न?
+
-

कार्डिएक अरेस्ट भएमा अधिकांशको तत्काल ज्यान जाने गरेको छ । यसका लक्षण पनि नदेखिने र केही मिनेट भित्रै उपयुक्त उपचार नभएमा ज्यान जाने गर्छ ।

कार्डिएक अरेस्ट के हो?

खासमा कार्डिएक अरेस्ट के हो र यस्तो खतरनाक किन छ ? यो हृदयघात भन्दा कसरी फरक छ ?

हार्ट.ओआरजीका अनुसार कार्डिएक अरेस्ट अचानक हुन्छ र यसको पूर्व सूचना अर्थात चेतावनी पनि मिल्दैन शारीरिक रुपमा ।
यसको प्रमुख कारण मुटुमा हुने इलेक्ट्रिकल गडबडी हो, जसका कारण मुटुको चालको तालमेल बिग्रन्छ ।

तालमेल बिग्रिएपछि गरत पम्प गर्ने मुटुको क्षमतामा असर पर्छ र मस्तिष्क, मुटु तथा शरीरका अरु भागमा रगत पु¥याउन सक्दैन । कार्डिक अरेस्ट भएको केही छिनमै व्यक्ति बेहोस हुन्छ र नाडीको चाल कम हुँदै जान्छ ।

सही समयमा सही उपचार प्राप्त नभएमा कार्डिएक अरेस्टको केही सेकेण्ड या मिनेटमा व्यक्तिको निधन हुन्छ ।

ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार मुटुमा इलेक्ट्रिकल सिग्नलमा समस्या आएमा शरीरमा रगत पुग्दैन र कार्डिएक अरेस्ट हुन्छ । रगत पम्प नभएपछि मस्तिष्कमा अक्सिजनको कमी हुन्छ । जसका कारण मानिस बेहोस हुन्छ र बिस्तारै सास फेर्न रोकिन्छ ।

लक्षण देखिन्छ?

कार्डिएक अरेस्टको सबैभन्दा ठूलो समस्या यसमा कुनै लक्षण या पूर्व चेतावनी देखिँदैन । यहि कारण कार्डिएक अरेस्ट अधिकांश अवस्थामा मृत्युका रुपमा आउने गर्छ ।

यसको सबैभन्दा आम कारण असाधारण मुटुको चाल मानिन्छ, जसलाई विज्ञानको भाषामा भेन्ट्रिकुलर फिब्रिलेशन भन्ने गरिन्छ ।
मुटुको इलेक्ट्रिकल गतिविधि यसरी बिग्रिन्छ कि मुटुको चाल बन्द हुन्छ र मानिस काम्न थाल्छ ।

कार्डिएक अरेस्टका विभिन्न कारण हुन सक्छन्, तर मुटुसँग जोडिएका केही रोगले यसको जोखिम थप गर्न सक्छन् ।

कोरोनरी हार्टको रोग

हृदयघात

कार्डियोमायोपेथी

कन्जेनिटल हार्टको रोग

मुटुको भल्वमा समस्या

मुटुको मसलमा इनफ्लेमेशन

लङ्ग क्यूटी सिन्ड्रोम

यी सँगै कार्डिएक अरेस्टका अरु कारण पनि हुन सक्छन्, यसमा बिजुलीको झड्का लाग्नु, अत्याधिक ड्रग्स सेवन गर्नु, ब्रेन ह्यामरेज, पानीमा डुब्नु आदी पर्छ

यसबाट बच्न सकिन्छ?

कार्डिएक अरेस्टबाट बच्ने सम्भावना पनि रहन्छ । कतिपय अवस्थामा छातिमा इलेक्ट्रिकल सक दिएर रिकभर गर्न सकिन्छ । यसका लागि डिफिब्रिलेटर नामक सामग्रीको प्रयोग गरिन्छ । यो सामग्री आम रुपमा सबै ठूला अस्पतालमा पाइन्छ ।

तर डिफिब्रिलेटर नभएको अवस्थामा सिपिआर आर्थत कार्डियोपल्मोनरी रिससिटेशन गर्न सकिन्छ । दुई हात सीधा गरेर बिरामीको छातिमा दबाइन्छ । यस्तै मुख मार्फत हावा पनि दिइन्छ ।

हृदयघात भन्दा कसरी फरक छ?

अधिकांशले कार्डिएक अरेस्ट र हृदयघातलाई एकै जस्तो मान्छन् । तर यो सत्य होइन । दुवैमा फरक छ ।

कोरोनरी आर्टरीमा समस्यामा आएपछि मुटुका मांशपेसीमा रगत जाने मार्गमा समस्या भएमा हृदयघात हुन्छ । यसमा छातिमा असह्य पीडा हुन्छ । तर कुनै बेला यस्तो लक्षण कमजोर पनि बन्न सक्छ । यसमा मुटुले शरीरका अरु भागमा रगत पठाइरहेको हुन्छ । बिरामी होसमा हुन्छन् । तर हृदयघात भएका व्यक्तिलाई कार्डिएक अरेस्टको जोखिम रहन्छ ।

कार्डिएक अरेस्टमा मुटुबाट तत्काल शरीरका अरु भागमा रगत जान बन्द हुन्छ । यहि कारण व्यक्ति बेहोस हुन्छन् । सास पनि बन्द हुन्छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?