को हुन् प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल ?

को हुन् प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल ?
+
-

बुटवल – वैचारिक र प्रखरवक्ताको रुपमा स्थापित शंकर पोखेरल प्रदेश नं. ५ को मुख्यमन्त्री बनेका छन् । बिहीबार उनले प्रदेश प्रमुख उमाकान्त झा समक्ष शपथ लिँदैछन् ।

वाम गठबन्धनको तर्फबाट उनी मुख्यमन्त्री बनेका हुन् । यस प्रदेशमा एमालेका ४१ र माओवादी केन्द्रका २० गरी ६१ प्रदेशसभा सदस्य छन् । वाम गठबन्धनको बहुमुत छ ।

प्रदेशसभाको निर्वाचनकै क्रममा मुख्यमन्त्रीको रुपमै उनले भोट मागेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त उम्मेदवारको रुपमा चुनावी मैदानमा होमिएका थिए ।

जनताको बहुदलीय जनवादका व्याख्याताको रुपमा चिनिएका पोखरेलले प्रदेश नं. ५ लाई मिनि नेपाल बनाउने घोषणा गरेका छन् । प्रदेश ५ सम्पदाको धनी प्रदेश मानिन्छ । बुद्धभूमिदेखि लिएर प्यूठानको स्वर्गद्धारी, रुकुमको सिस्ने हिमाल यही प्रदेशमा पर्छ ।

विकास र समृद्धिको आधार प्राकृतिक स्रोत साधन र यहाँ रहेका सम्पदा नै हुन् । पहिलो संसद बैठकलाई सम्बोधनको क्रममा पोखरेलले मिनि नेपालको कल्पनासहितको योजना प्रस्तुत गरेका थिए । दाङ निर्वाचन क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

नेपालको वामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नेता हुन् । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गरेका पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदहारणीय मानिन्छ ।

भारतमा अध्ययनरत छँदा उनले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेलेका हुन् । अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गरेका थिए ।

कुनै समय जननेता मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गरेका छन् ।

विक्रम सम्वत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराजशर्मा र आमा तिलकादेवीको कान्छो सन्तानको रुपमा जन्मिएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य छन् ।

संक्षेपमा शंकर पोखरेलः

  • विक्रम संवत २०१९ साल फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेवीको कान्छो सन्तान ।
  • त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गरेका पोखरेल भू राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेता मध्ये एक ।
  • आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उनका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको ।
  • ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित ।
  • हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य , पार्टि स्कुल विभागको उपप्रमुख र विगतमा पार्टी सचिव साथै पूर्व सूचना तथा संचार मन्त्री ।
  • नेपालको वामपन्थी आन्दोलनमा स्थापित नेता ।
  • जननेता मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका ।
  • विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश, वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलता ।
  • अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्ष ।
  • अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह ।
  • २०३६ सालमा भएको विद्यार्थी आन्दोलन र २०४५/४६ पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनकोमा नेतृत्वदायी भूमिका ।
  • २०६२/६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व र गणतन्त्रका पक्षमा काठमाडौं त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको प्रमुख वक्ता ।
  • माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जनागर्न राप्ती अञ्चलका पहाडी जिल्लामा शान्ति पदयात्राको नेतृत्व
  • माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको सचिव ।
  • एमालेको सातौँ महाधिवेशनमा अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव पेश ।
  • राज्यको पुनसंरचना सम्बन्धी पार्टीद्वारा गठन गरिएको कार्यदलको सचिव ।
  • आठौँ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्बन्धमा प्रस्तुत गरेको भएको पुरक प्रस्तावलाई सर्वसम्मत रुपमा स्वीकार ।
  • केन्द्रीय कमिटिको सदस्य समेत नभएको अवस्थामा पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?