
अमेरिकी टेलिभजन नेटवर्क सिएनएनले एसिया क्षेत्रका घुम्नै पर्ने १३ स्थानका बारेमा तयार पारेको विस्तृत विवरणसहितको सूचिमा नेपालको घान्द्रुक पनि परेको छ ।
सिएनएन ट्राभलले तयार पारेको एसियाका १३ सुरम्य बस्ती या बजारको सूचिमा नेपालको कास्कीमा पर्ने घान्द्रुक पनि परेको हो । पोखराबाट झण्डै पाँच घण्टाको पैदल यात्राबाट पुग्न सकिने घान्द्रक यात्रीहरुका लागि उत्कृष्ट गन्तव्य रहेको सिएनएनले आफ्नो सामग्रीमा उल्लेख गरेको छ ।
सूचिमा भियतनामको होइ एन, जापानको युफुइन, मलेसियाको जर्ज टाउन, फिलिपिन्सको सिटी अफ विगन, लाओसको लुएङ्ग प्राबाङ्ग, कम्बोडियाको काम्पोट, इन्डोनेसियाको कोटा गेड, श्रीलंकाको गाले, चीनको झाउझुवाङ्ग, भारतको मावलिन्नोङ्ग, हङकङको साई कुङ्ग र थाइल्याण्डको फुकेट टाउन रहेका छन् ।