
अ
+
अ
अ
-
काठमाडौँ उपत्यकामा विशेष रुपमा मनाउने ईन्द्रजात्राको मुख्य दिन शुक्रबार कुमारीको विशेष पूजा गरिएको छ । विशेष विधिपूर्वक लिंगो ठड्याएसँगै यो वर्षको ईन्द्रजात्रा मंगलबारदेखि सुरु भएको थियो ।
यसअघि बसन्तपुरमा बुधबार ५४ जना कुमारीको पूजा गरिएको थियो । शुक्रबार बिहान इन्द्रजात्राको दिन कुमारीको विशेष पूजा गरिएको छ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने ईन्द्रजात्रा धुलिखेल र दोलखासहितका स्थानमा पनि मनाइन्छ । ईन्द्रजात्राका दिन राष्ट्रप्रमुखले हनुमानढोका गएर जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्राको अवलोकन गर्ने परम्परा छ ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कुमारी पूजाका केही तस्बिर खिचेका छन्।