अनुसन्धानले प्रमाणित गर्‍यो- ‘भोको पेटले भजन हुँदैन’

अनुसन्धानले प्रमाणित गर्‍यो- ‘भोको पेटले भजन हुँदैन’
+
-

स्कटल्याण्डको डुन्डी यूनिभर्सिटीमा गरिएको एक अनुसन्धानले एउटा पुरानो उखानलाई सत्य साबित गरेको छ।

नेपाल-भारतका ग्रामीण तथा पहाडी क्षेत्रमा चलनचल्तीमा रहेको उखान’भोको पेटले भजन हुन्न’ (भूखे भजन न होइ गोपाला)  वैज्ञानिक शोधमा खरो साबित भएको छ।

स्कटल्याण्डको डुन्डी यूनिभर्सिटीले गरेको शोधले ‘कार्यालयमा कर्मचारीले सही समयमा ठीक फैसला लिन नसक्नु र धैर्य गुमाउनुको कारण पेट भोको हुनु’ रहेको निष्कर्ष निकालेको छ। शोधका अनुसार भोकको अनुभूतिले मानिसको निर्णय लिने क्षमतामा ह्रास आउँछ।

अनुसन्धान टोलीका प्रमुख डाक्टर बेन्जामिन विन्सेटका अनुसार शोधमा ५० व्यक्ति सहभागी थिए। उनीहरुसँग खानपान, पैसा र पुरस्कारसँग सम्बन्धी प्रश्न गरिएको थियो।

उनीहरुसँग उनीहरु भोको हुँदा र भोजन पश्चात् प्रश्न गरिएको थियो। शोधको परिणामले सामान्य रुपमा नियमित भोजन गर्नेहरुको धैर्य ३५ दिनसम्म पनि कायम रह्यो भने भोजन नगर्नेहरुको धैर्य ३ दिन मै धराशायी भयो।

विन्सेटका अनुसार शोधको लक्ष्य भोको पेट हुँदा मानिसले कसरी र के सोच्छ,उसको व्यवहारमा के परिवर्तन आउँछ‍ भन्ने जान्नु थियो। ‘हामीले पायौँ, भोकले मानिसको प्राथमिकता नै परिवर्तन गरिदिन्छ,यसको सोझो असर उसको निर्णय लिने क्षमतामाथि पर्न  जान्छ,’ उनले भनेका छन्, ‘बाल-बालिकाहरुमा पनि यही प्रक्रिया लागू हुन्छ।’

शोधले अत्याधिक डाइटिङ गर्ने व्यक्तिको निर्णय लिने क्षमता प्रभावित हुनुका साथै उनीहरुमा धैर्य राख्ने क्षमतामा कमी आउँछ भन्ने निष्कर्ष निकाले छ। शोधका अनुसार मानिसका लागि भोजन नै सबैभन्दा पहिलो एवं महत्वपूर्ण उपहार हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?