मानसिक स्वास्थ्य र यौन–जीवनबिच सीधा सम्बन्ध

मानसिक स्वास्थ्य र यौन–जीवनबिच सीधा सम्बन्ध
+
-

मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याको प्रभाव व्यक्तिको यौन जीवनमा सीधा पर्ने र यौन जीवनमा आउने गडबडीको प्रभाव पनि उसैगरी मानसिक स्वास्थ्यमा पर्ने अनुसन्धानकर्ताले बताउने गरेका छन् ।

विशेष गरी यौन क्रियाकलापमा सक्रिय रहेका तथा एन्जाइन्टी (दुष्चिन्ता) डिसअडरको जोखिममा रहेकामा क्याम्पस तहका विद्यार्थीमा बढी प्रभाव देखिएको छ ।

जीवनका विविध कुराहरु मिलाउने प्रयासमा कार्यभार बढी हुँदा युवाहरुमा एन्जाइटीको जोखिम हुने गरेको एन्जाइटी एण्ड डिप्रेससन एसोसिएसन अफ अमेरिकाले जनाएको छ ।

बेलायती पत्रिकार द टेलिग्राफमा छापिएको एक लेख अनुसार केलज उमेरका युवाहरु यौन क्रियाकलापमा सबैभन्दा सक्रिय हुने उमेर समूहमा दोस्रो नम्बरमा पर्छन् । १८ देखि ३० वर्ष उमेर समूहका ८५ प्रतिशत व्यक्ति यौनमा सक्रिय हुन्छन् ।

यौन क्रियाकलापमा सबैभन्दा बढी सक्रिय उमेर समूह ३१ देखि ४५ वर्ष हो । यो उमेर समूहका ८७ प्रतिशत व्यक्ति यौन जीवनमा सक्रिय हुन्छन् ।

डब्लुएसयूमा क्लिनिकल साइकोलोजीमा विद्यावारिधी गरिरहेका स्टिभन होबाइकाका अनुसार मानसिक स्वास्थ्यसँग जोडिएका विभिन्न समस्या वा चासोहरुले व्यक्तिको यौनजन्य स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ ।

मानसिक स्वास्थ्यमा आउने समस्याले व्यक्तिमा यौन इच्छा बढाउने वा घटाउने तथा यौन क्षमतामा कमी आउनेसहितका समस्या देखिन सक्ने उनले बताए । मानसिक स्वास्थ्य र यौन जीवनमा त्यसको प्रभाव वा भाइस–भर्सा व्यक्ति अनुसार भिन्न हुने जनाइएको छ ।

मानसिक स्वास्थ्यमा ध्यान दिँदा यौन जीवन सुखद हुने र सुखद यौन जीवनले मानसिक स्वास्थ्यलाई राम्रो प्रभाव पार्ने भएकाले हरेक व्यक्तिले यसमा ख्याल गर्नु पर्ने मनोविद तथा यौन स्वास्थ्यविदको भनाई छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?