
काठमाडौँ – रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यसहित शनिबार विश्व दिवस मनाईँदैछ । रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लूयस पास्टरको निधन भएको दिनको स्मृतिमा रहेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।
विश्वमा हरेक वर्ष करिब ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधा भन्दा बढी बालबालिका रहने गरेका छन् । विश्वमा हुने रेबिजको समस्या मध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।
रेबिज लिसा नामको स्नायु नसामा प्रभाव पार्ने आर एन ए भाइरसका कारणले हुने रोग हो ।
यो रोग संक्रमित जनावरको र्यालबाट घाउको बाटो हुँदै शरीरभित्र छिरेर स्नायु नशाको माध्यमले मस्तिष्कसम्म पुग्ने गर्छ ।
शरीरमा भाइरस पसेपछि देखिने लक्षण
- ज्वरो आउने
- घाउ भएको स्थानमा दुख्ने
- भम्झमाउने, घोचे, पोले जस्तो हुने
- भाइरस मस्तिष्क सम्म पुगे पछि मस्तिष्क तथा स्नायुहरु सुनिने
- प्रभावित व्यक्तिको क्रियाकलापहरु र व्यवहारमा परिर्वतन आउने
- पानी देखि डराउने
- हावाको चालबाट तर्सिने
सामान्यतया रेविज भएका बिरामी हावा पानीसँग डराउने, खान असहज मान्ने गर्छन भने कतिपय बिरामीको हात खुट्टा राम्रोसँग नचल्ने लक्ष्णहरु देखिन्छन् ।
रेविजबाट बच्न के गर्ने?
- घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने ।
- घरपालुवा जनावरलाई रेबिज विरुद्धको खोप लगाउने ।
- त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने ।
- रेविज बिरुद्धको खोप लगाउने ।
- कुकुरलाई नजिस्क्याउने । उसले खाना खाइरहेको र बच्चालाई दूध चुसाइरहेका बेला नचलाउने ।
- कुकुरसँग कहिल्यै आँखा जुधाउनु हुँदैन ।
- टोकेपछि १० दिनमा कुकुर मरेमा त्यो रेबिज नै हुने गरेकाले त्यसबारे सचेत हुने ।