
अ
+
अ
अ
-
मुटु स्वास्थ्य र मुटु सम्बन्धी विभिन्न स्वास्थ्य समस्याबाट जोगिने उपायबारे सचेत गराउने उद्देश्यसहित आइतबार विश्व मुटु दिवस मनाईँदै छ ।
मुटु सम्बन्धी रोग र त्यसबाट जोगिने उपायबारे सचेत गराउने खालका विविध कार्यक्रम गरी हरेक वर्ष सेप्टेम्बर २९ मा यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘स्वस्थ मुटुः हाम्रो प्रण’ भन्ने तय गरिएको छ ।
मुटु स्वस्थ राख्नका लागि
- चुरोट, सुर्ती नखाने
- पत्रु खाना नखाने
- व्यायाम तथा खेलकुदमा सक्रिय हुने
- फलफूल तथा सागपात खाने
- मानसिक तनाव, रिस तथा उत्तेजनाबाट परै बस्ने
- बालबालिकामा देखिने टन्सिल रोगको उपचार समयमै गर्ने
- मोटोपन घटाउने
- उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल आदी रोगको उपचार तत्काल गर्ने
- दैनिक ६–८ घण्टा सुत्ने
- नियमित रुपमा (कम्तिमा वर्षको एक पटक) मुटु स्वास्थ्यको परीक्षण गर्नु पर्छ ।