गुनकारी तुलसीका फाइदै फाइदा

गुनकारी तुलसीका फाइदै फाइदा
+
-

तुलसी धेरैको घरमा पाइने एक वनस्पति हो। यो जुनसुकै स्थानमा उम्रिन्छ। तुलसीलाई धार्मिक दृष्टिले हेर्ने हो भने यो यसलाई एकदमै पवित्र मानिनुका साथै भगवान विष्णुको रूपमा पूजाआजा समेत गर्ने गरिन्छ। यस्तै तुलसी स्वास्थ्यका दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिन्छ।

यसको बास्नाले मात्रै पनि घर वरिपरी विषालु किटाणुहरूको प्रवेश गर्न नसक्नुका साथै प्रदूषणलाई पनि रोक्ने काम गर्दछ। यति मात्र नभएर तुलसीले अत्याधिक अक्सिजन फ्याँक्ने कुरा पनि प्रायः सबैलाई थाहा नै छ ।

विज्ञहरुका अनुसार आयुर्वेदका हरेकजसो शास्त्रमा तुलसीबाट हुने उपचारको बारेमा उल्लेख गरेको पाइन्छ। खासगरी तुलसीले श्वासप्रश्वास र रगत सम्बन्धी समस्यामा औषधिको काम गर्छ। यसका जरा, डाँठ, पात, फूल र फल औषधिको रुपमा प्रयोग हुने गर्छन्।

तुलसी भिजाएको पानी मात्र खाँदा पनि रुघाखोकी, दम, निमोनिया आदिमा फाइदा पुग्छ। यो धातु रोगका लागि एकदमै राम्रो औषधि मानिन्छ। तुलसी जनेन्द्रिय चिलाउने, खटिरा आउनेजस्ता चर्मरोगमा पनि फाइदाजनक मानिन्छ।

यो सेवनले कलेजोलाई पनि फाइदा पुर्याउँछ। पाचन प्रणाली सक्रिय गराउन पनि यसले काम गर्छ।

बिहानै कम्तिमा ३–४ वटा तुलसीको पत्ता खानाले विभिन्न प्रकारका आन्तरिक रोगहरू निर्मूल हुने विज्ञहरुले बताएका छन्। तुलसीको केही पत्ता बिहान चियामा राखेर चिया पिउँन सकिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?