चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्छ : पर्यटन मन्त्री भट्टराई

चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाल भ्रमण वर्षलाई प्रवर्द्धन गर्छ : पर्यटन मन्त्री भट्टराई
+
-

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नु भएको छ ।

मन्त्री भट्टराईले चिनियाँ राष्ट्रपति सीले नेपालको दुई दिने राजकीय भ्रमणको क्रममा दिएको प्रत्येक ‘स्टेटमेन्ट’ले भ्रमण वर्षलाई प्रवर्द्धन गर्न सघाउ पुर्‍याउने विश्वास व्यक्त गरेका हुन्। राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्बिनीको भ्रमण गर्न अभिप्रेरित गरिरहने अपेक्षा पनि उनले गरेका छन् ।

मन्त्री भट्टराईको भनाई थियो, ‘यसले बुद्ध धर्ममा आस्था राख्ने चिनियाँ नागरिकलाई पनि लुम्विनीको भ्रमण गर्न थप प्रेरित गर्नेछ ।’ मंगलबारबाट काठमाडौँमा सुरु भएको ‘दोस्रो चीन–दक्षिण एसिया सम्मेलन’ को उद्घाटन सत्रमा उनले चीन र दक्षिण एसियाका विद्धान साहित्यहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पुर्‍याउने बताए ।

मन्त्री भट्टराईले सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै दुई वर्ष भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्तिक ३ गतेसम्म चल्ने सो सम्मेलनमा नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तानलगायतका देशका प्राज्ञहरुले १६ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । यो सम्मेलन पहिलो पटक गत वर्ष चीनको छेन्दु सहरमा आयोजना गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?