फोटो फिचर

इचंगुनारायणमा पाखाभरी ढकमक्क सयपत्री, तिहारको लागि माला उन्‍न भ्याइनभ्याइ

इचंगुनारायणमा पाखाभरी ढकमक्क सयपत्री, तिहारको लागि माला उन्‍न भ्याइनभ्याइ
+
-

तिहारका लागि फूलको जोहो बर्खाकै बेला सुरु हुन्छ। आँगनको डिल, खेत–बारीको आलीमा सयपत्री, मखमलीसहितका फूलका बिरुवा रोपिन्छ असार–साउन तिरै । त्यो बेला रोपेको फूल अहिले ढकमक्क फुलेको छ ।

आफ्नो घरमा फूल हुनेहरुले त्यहि टिपेर तिहारमा प्रयोग गर्छन्। घरमा फूल नलगाएकाहरुलाई भने किन्‍नुको विकल्प छैन । किन्नेहरुका लागि मेहनतले फूल उत्पादन गरेका हुन्छन् फूल किसानहरुले ।

व्यवसायिक रुपमा फूलखेती गर्नेहरुका लागि तिहार सबैभन्दा उपयुक्त अवसर हो व्यवसायको । विशेषगरी सयपत्री र मखमली फूल खेती गर्नेहरुको आय आर्जन गर्ने मुख्य बेला नै तिहार हो ।

लक्ष्मी पूजा तथा भाइटीकाका लागि सयपत्री र मखमलीको माला चाहिन्छ । त्यसका लागि बजारमा फूल पुर्‍याउने जिम्मा फूल किसानको हो ।

मखमली फूलका लागि भक्तपुर अति नै प्रख्यात छ । यस्तै सयपत्री फूल खेतीका लागि काठमाडौँको इचङ्गूनारायण । स्वयम्भूबाट पश्चिमतिर इचंगुनारायणका पाखो बारीमा तिहारका लागि रोपेको सयपत्री पहेँलपूर हुने गरी फुलेका छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाह केही दिनअघि इचंगूनारायण पुगेर सयपत्री फूलको रौनकलाई तस्बिरमा समेट्ने प्रयास गरेकी छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?