फोटो फिचर

‘पिके’ चलचित्रले चर्चित बनाएको ठाउँ

‘पिके’ चलचित्रले चर्चित बनाएको ठाउँ
+
-

नयाँ दिल्लीको कनोट प्लेसको आडमा भएको ‘उग्रसेन की बावली’ । भव्य इतिहास र समृद्ध शहरको रुपमा चिनिने भारतको राजधानी दिल्लीमा भएको ऐतिहासिक स्मारक ‘उग्रसेन की बाबली’ पनि हो।

यो स्मारक ६० मिटर लामो छ। यहाँबाट भित्र १५ मिटर चौडाइ युक्त सिँढी छ, सिँढीसँगै कुवा। ‘बावली’ को नेपाली अर्थ ‘सिँढीसँग जोडिएको कुवा’ हुन्छ।

महाभारत कालमा यसको निर्माण भएको विश्वास गरिन्छ। महाभारतका पौरणिक पात्र ‘सूर्यवंशी राजा उग्रसेन’ ले आकर्षक शैलीमा यो बावलीको निर्माण गरेका हुन्। पछि अग्रवाल समाजले यो बावलीको जीर्णोद्वार गराएका थिए।

अहिले यो संरचना ‘भारतीय पुरातत्व सर्वेक्षण’ र अवशेष अधिनियम १९५८ अन्तर्गत संरक्षित छ। बावलीको पश्चिमतर्फ ती प्रवेशद्वार युक्त एक मस्जिद छ। यसमा १ सय ५ खुड्किला छन्।

यसलाई दिल्लीको सबैभन्दा डर लाग्ने कुवा पनि भनिन्छ। यो कुवाले मानिसलाई आत्महत्या गर्न उक्साउछ भन्ने मान्यता रहेको छ। दिल्लीका एक स्थानीयका अनुसार ‘कुनै समयमा यहाँ कालो पानी भएको कुवा थियो, यो ठाउँमा कुनै उदास मनुष्य पुग्छन्, यो कालो पानीमा डुब्नको लागि कुवाले आकर्षण गर्थ्यो।’

उनका अनुसार यो ठाउँ चार वर्ष अगाडि चलचित्र पिकेमा देखाएपछि एकदमै चर्चित भयो। त्यो भन्दा अगाडि यो ठाउँ संरक्षित भएपनि हेर्न आउने मान्छेहरु कम मात्र हुन्थे। अहिले भने यहाँ बिदाको दिन घुँइचो लाग्छ । अरुबेला पनि मानिसहरु आइरहन्छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?