छठका लागि गुह्येश्वरीमा तयारी तीव्र

छठका लागि गुह्येश्वरीमा तयारी तीव्र
+
-

काठमाडौँ – नेपालीको दोस्रो ठूला चाड तिहार सकिएसँगै पशुपति क्षेत्रस्थित गुह्येश्वरीमा छठ पर्वको तयारी सुरु भएको छ।

गुह्येश्वरी छठ पूजा समितिले बाँस गाड्ने, घाट सजावटलगायत काम सुरु गरेको हो । शुक्रबारसम्म सबै तयारी पूरा हुने समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिएका छन् ।

गत वर्ष ४५० छठ घाट बनाइएकामा यस वर्ष ६५६ भन्दा बढी बनाउन लागिएको उनले बताए । त्यसमध्ये ३०० भन्दा बढी घाट व्रतालुले लिइसकेका छन् ।

पछिल्लो समय पहाड एवं हिमालवासीले पनि सूर्य आराधनाको पर्व छठ मनाउन थालेका छन् । गुह्येश्वरीमा मात्र वार्षिक लाखौँ व्यक्तिले कार्तिक शुक्ल षष्ठी तिथिमा छठ पर्व मनाउने गरेका छन् ।

तराईमा धुमधामसँग मनाइने सूर्य आराधनाको पर्व छठ एक दशक अघिदेखि काठमाडौँमा पनि भव्यरुपमा मनाउन थालिएको छ । यस वर्ष कात्तिक १६ गते शनिबार छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यस दिन राष्ट्रपति विद्यादेवी भण्डारी गुह्येश्वरी गई अस्ताउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने जनाइएको छ ।

यही कात्तिक १७ गते आइतबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । छठ पर्व मनाउन सहज होस् भनी शनिबार बिहान गुह्येश्वरी क्षेत्रमा बाग्मती सफाइ महाअभियानले कार्यक्रम राखेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य राम साहले जानकारी दिएका छन् ।

यही कात्तिक १७ गतेपछि पनि गुह्येश्वरी क्षेत्रमा सफाइ गरी पुरानै अवस्थामा फर्काइने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?