
काठमाडौँ – पूर्वयुवराज्ञी हिमानी शाहले काठमाडौँको नागपोखरीमा पुगेर छठी माताको पूजा अर्चना गरेकी छन्।
पूर्व युवराज्ञी शाहले छठ पर्वको मुख्य दिन शनिबार बेलुका नागपोखरी पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठी माताको पूजा अर्चना गरेकी हुन्।
छठ पूजा मूल समारोह समिति तथा जयश्री सन्तोषी माता सेवा समितिलगायतका धार्मिक संघ, संस्थाहरुको संयोजनमा नागपोखरीले छठ पर्व विशेष रुपमा मनाइएको छ ।
नागपोखरीमा छठी माइको पूजाका लागि विभिन्न धार्मिक संघ, संस्थाहरुको पनि सहभागिता हुने गर्दछ । विशेषगरी तराईमा मात्रै मनाउने गरिएको छठ पर्वलाई काठमाडौँको उपत्यका र पहाडमा पनि मनाउने गरिएको छ ।