काठमाडौं-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गतहप्ता एउटा ट्वीट गरे र भने, ‘अब विद्यालयमा पढाउने शिक्षकले पनि बन्दुक बोक्न पाउने छन् र उनीहरुले आफू र आफ्ना विद्यार्थीहरुलाई पनि सुरक्षित बनाउन सक्नेछन्। कानूनले फ्लोरिडाका शिक्षकलाई बन्दुक बोक्न पाउने अनुमति दिनेछ र उनीहरु कक्षा कोठामा बन्दुकसहित रहन पाउने छन्।’
….If a potential “sicko shooter” knows that a school has a large number of very weapons talented teachers (and others) who will be instantly shooting, the sicko will NEVER attack that school. Cowards won’t go there…problem solved. Must be offensive, defense alone won’t work!
— Donald J. Trump (@realDonaldTrump) February 22, 2018
अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित एक विद्यालयमा गत फेब्रुअरी १४ मा पार्कल्याण्डको मार्जरी स्टोनम्यान उच्च माध्यामिक विद्यालयमा एक पूर्वविद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १७ विद्यार्थीको ज्यान गयो। त्यसमा परी अरु कैयौँ विद्यार्थी घाइते छन्। बन्दुक सोही विद्यालयका एकजना पूर्वविद्यार्थीले चलाएको बताइयो। उनी हाल प्रहरी थुनामा छन्।यही घटनापछि राष्ट्रपतिले शिक्षक र विद्यार्थीको सुरक्षाका लागि बन्दुक बोक्न पाउने आदेश दिनुभएको हो।उहाँको यो निर्देशनलाई अहिले भने अमेरिकीले नै राम्रो मानेका छैनन्।बन्दुकका विरुद्ध बन्दुक बोक्न दिनुहुन्न भन्नेमा अहिले भने अमेरिकीले आवाज बढाउन थालेका छन्।
विद्यालयमा यसरी एकपछि अर्कोगरी भित्रिएको यो तहको हिंसाका कारण अमेरिकामा चिन्ता बढिरहँदा जनताले बन्दुक रोक्ने उपायको खोजीका लागि सरकार गुहारेका छन्।तर राष्ट्रपतिले भने त्यसको सट्टा उल्टै शिक्षकलाई नै बन्दुक बोक्न आदेश दिएका छन्।
गएको हप्ता फ्लोरिडाका विभिन्न नगरमा बन्दुक राख्न पाउने अमेरिकी कानूनमा कडाइ गर्न मागगर्दै जुलुस निकालिएको थियो।जुलुसमा सहभागी नागरिकले बन्दुक राख्ने कानूनमा कडाई गर्नुपर्ने र कुनै पनि व्यक्तिको अवस्था वा चालचलन, चरित्र आदि हेरेर मात्र बन्दुक राख्न दिनुपर्ने माग उनीले गरेका छन्।
….immediately fire back if a savage sicko came to a school with bad intentions. Highly trained teachers would also serve as a deterrent to the cowards that do this. Far more assets at much less cost than guards. A “gun free” school is a magnet for bad people. ATTACKS WOULD END!
— Donald J. Trump (@realDonaldTrump) February 22, 2018
विद्याको मन्दिर मानिने विद्यालय आफ्नो घर जत्तिकै सुरक्षित मानिन्छ।त्यसैले नै आमाबाबुले आफ्ना स–साना बालबालिकालाई विद्यालय पठाउने गरेका हुन्छन।अनि ती साना साना नानीबाबुले शिक्षक शिक्षिकालाई नै आफ्ना मातापिताका रुपमा हेरेका हुन्छन् र आफू सुरक्षित भएको महसूस गरेका हुन्छन्।तर फ्लोरिडामा पछिल्लो समयमा भएको यस घटनाले अमेरिकामा मात्र होइन विश्वभरका विद्यार्थी र अभिभावकमा त्रास थपिदिएको छ।
तर अमेरिकाको बन्दुकको रोग केही वर्ष यतादेखि विद्यालयमा सरेको छ।गोलीकाण्ड हुने र विद्यार्थी तथा साना बालबालिकाको ज्यानजाने जस्ता घटना समान्य जस्तो हुँदै गएको पाइएको छ।बन्दुकको संस्कार व्याप्त भएको भान हुनथालेको छ।
यस्ता डरलाग्दा घटना दोहोरिन थालेका छन्।जसले गर्दा यहाँको सरकारलाई विद्यालयमा अपनाउनुपर्ने सुरक्षा व्यवस्थाका बारेमा बारम्बार सोच्नुपर्ने भएको छ।निर्दोष र भविष्यका कर्णधार ती बालबालिकाको ज्यान जाने क्रमलाई कसरी रोक्ने सरकारलाई चुनौति नै भएको छ।एक पूर्वविद्यार्थीले गोली चलाउँदा १७ विद्यार्थीको ज्यान यसपछि अमेरिकी सञ्चारमाध्यमले अमेरिकाका विद्यालयमा ज्यान लिनेगरी भएका यस्तै दुःखद् घटनाको सूची सार्वजनिक गरेका छन्।
अमेरिकामा सन् १९६८ देखि २०११ को बीचमा करिब १५ लाख मानिसको गोली प्रहारबाट मात्र ज्यान गएको डरलाग्दो तथ्यांक देखाइएको छ।त्यसैगरी सन् २०१५ एकै वर्षमा करिब १३ मानिसको गोली प्रहारमा ज्यान गएको थियो।
पछिल्लो समय अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट सबैभन्दा बढी १५ देखि २४ वर्ष उमेर समूहका युवा शिकार भएका छन्।अमेरिकामा भएका गोलकाण्डका घटनामध्ये ९२ प्रतिशत यो उमेर समूहका युवा शिकार भएको तथ्यांकले देखाउँछ।यस्ता घटनामा शिकार हुनेमा ९० प्रतिशत महिला रहेका पनि विगतको तथ्याङ्कमा देखिन्छ।
अमेरिकामा घरघरमा बन्दुक राख्ने त एउटा संस्कृति जस्तो नै भएको छ।तर यो संस्कृतिले विद्यालयमा प्रवेश पाउने र राष्ट्रपतिजस्तो व्यक्तिले शिक्षकले पनि कक्षामा बन्दुक राखेर कक्षा चलाउने भनी आएको अभिव्यक्तिले भने अर्को चिन्ता थपेको छ।
बन्दुक सजिलै उपलब्ध हुने कारणले गर्दा पनि यस्तो अवस्था आएको विज्ञको भनाइ रहेको छ।विश्लेषकले यहाँको हत्या हिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको पनि अन्त्य हुनुपर्ने बताउँछन्।तर पनि सरकारी उच्च अधिकारी वा सत्तारुढ रिपब्लिकन पार्टीकै नीति निर्माता बन्दुकमाथिको प्रतिबन्ध तत्कालै लगाउन सक्ने अवस्थामा छैनन्।यस प्रकारको बन्दुकको संस्कारले आतङ्कबादलाई बढावा दिनेदेखि श्रीमान् श्रीमतीबीच अथवा कोही व्यक्तिप्रतिको सानो मनमुटावमै पनि बन्दुक चल्ने आतङक अमेरिकामा झन् बढ्दै छ।
एक दशकमै अमेरिकाका विभिन्न स्थानमा यस्ता हत्याका घटना भएका छन्।सन् २००७ मा भर्जिनियामा भएको गोलीकाण्डमा बन्दुकधारीले कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो।
सन् २०१२ मा पनि अमेरिकाको स्याण्डी हकमा एकजना बन्दुकधारीले यस्तै विद्यालयमा नै गरेको हमलामा परी २८ जनाको ज्यान गएको थियो।सो घटनामा मारिनेमा अधिकांश बालबालिका नै परेका थिए।यसैगरी गतवर्षको अक्टोबरमा भएको यस्तै बन्दुक हमलामा परी ६० जनाको ज्यान गएको थियो।
लास भेगासमा भएको सो हमलामा परी ६० जनाको ज्यानै गएको थियो भने अरु करिब ५०० जना नराम्ररी घाइते भएका थिए।यस्ता विश्वव्यापीरुपमा नै निन्दनीय घटनाले अमेरिकामा एक दशकैभित्र विभिन्न कालखण्डमा स्थान पाएको छ।
अमेरिकामा सबैभन्दा पहिले सन् १९२९ फेबु्रअरी १४ तारिख अर्थात भ्यालेन्टाइन डेका दिनमा गोलीकाण्ड मच्चिएको थियो।यस काण्डमा परी सात व्यक्तिको मृत्यु भएको थियो।तथापि, यो दुई अपराधिक समूहकाबीच भएको झगडाको नतिजा थियो।तर, त्यसपछि गोलीकाण्डका घटना निरन्तर बढ्दै गयो।
अमेरिकामा हुने गोलीकाण्डलाई अहिले ‘गनकल्चर’ भनिने गरिएको छ।यो शब्दको प्रयोग पहिलोपटक सन् १९७० मा इतिहासविद् रिकार्ड हाफस्टेरडेटरले गरेका थिए।सन् १९८२ देखि लिएर सन् २०११ सम्ममा यस्ता खालका हत्या करिब २ सय दिनको फरकमा भएका छन्।त्यसपछि गन कल्चरको संख्या बढेको देखिन्छ।हरेक ६० दिनको अन्तरमा गन कल्चरको घटना सार्वजनिक भएका छन्।
अमेरिकाका ५० वटा राज्यमध्ये ४२ राज्यमा सरकारको अनुमति लिएर नै बन्दुक बोकेर हिँड्न कुनै रोकावट छैन।अन्य आठ राज्यमा त बन्दुक बोकेर घुम्न अनुमतिको आवश्यकता पनि छैन।सरसरी हेर्ने हो भने बन्दुकको संस्कारको लागि सरकारको तर्फबाट बढावा पाएको देखिन्छ।
हुन त यताका कैयौं वर्षदेखि अमेरिकाको सिनेटमा बालबालिकाको हातबाट हतियार रोक्नेबारेमा आवाज नउठेको होइनन्।यस्तो आवाजले सिनेटमा प्रसस्त स्थान पाएको पनि हो।तर बन्दुक राख्न नपाउने बारेमा भने ठोस निर्णय हुन सकेको छैन।
विद्यालयमा हत्याजस्ता अत्यन्तै दुःखद विषय यसको निराकरण नगर्ने होभने शिक्षण संस्थाहरु नै के कसरी सञ्चालन गर्ने हो भनेर सोच्नुपर्ने अवस्था आएको छ अमेरिकामा।विद्यालयजस्तो बालबालिका रहने र पवित्र स्थानमा पनि बन्दुकबाट हमला हुने र शिक्षा आर्जन गर्न पुगेका निर्दोष बालबालिका नै बन्दुकेको शिकार हुने अवस्था आएको छ।
राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको पहिलो प्राथमिकता अमेरिकी विद्यालय र विद्यार्थीको सुरक्षा हुने भने बताउनुभएको छ।फ्लोरिडाको हत्याकाण्डपछि गर्नुभएको सम्बोधनका क्रममा सुरक्षा बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले विद्यालयमा देखिएको यो असुरक्षाको अवस्थालाई हटाई शान्त र सुरक्षित वातावरणमा शिक्षा आर्जन गर्नपाउने अमेरिकी बालबालिकाको अधिकारको संरक्षणका लागि सरकारले सक्दो प्रयास गर्ने त बताए। तर त्यसको केही दिनपछि भने शिक्षकलाई पनि बन्दुक राख्न दिने अभिव्यक्ति दिए।
यसबाट भने उहाँको बन्दुक रोक्नखोज्ने अभियानमा त्यति सार्थकता देखिँदैन।नागरिकले आशा गर्नसक्ने अवस्था देखिँदैन।तर पनि यो फ्लोरिडा हत्याकाण्डपछि यहाँका नागरिक नै बन्दुक रोक्नुपर्ने मागगर्दै सडकमा ओर्लिएकोले भने यसमा केही आशा पलाएको महसुश भएको छ। मोहिनी रिसाल
(स्रोत विभिन्न समाचार संस्था तथा इन्टरनेटका सामग्री)