कोइलाबासको ‘पहाड’ हेर्न आउँछन् भारतीय पर्यटक

कोइलाबासको ‘पहाड’ हेर्न आउँछन् भारतीय पर्यटक
+
-

दाङ – तारिक अली खानको घर भारत नयाँ दिल्लीमा हो । उनी परिवारका सदस्यलाई लिएर भ्रमणका लागि कोइलाबास आए । ‘पछपेडुवामा विवाह थियो । समय बचेपछि कोइलाबास घुम्न आएका हौँ ।’ खानले भने, ‘यहाँको हरियाली, पहाड, खोलाले तान्यो ।’

गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबास खण्डहर छ । तर, बिस्तारै यहाँ भारतीय पर्यटकको भ्रमणको गन्तव्य बन्न पुगेको छ । हरेक दिन २०० भन्दा बढी भारतीय पर्यटक कोइलाबास आउने गरेको वडा अध्यक्ष सद्दाम सिद्दिकीले जानकारी दिए ।

‘दिल्ली, लखनउ, कानपुरबाट पर्यटकहरु यहाँ आउने गर्नुहुन्छ । हामीले पर्यटकीय गन्तव्य बनाउन थप झोलुङ्गे पुल बनाउदै छौँ ।’ उनले भने ।

कुनै समय व्यापारीक गन्तव्य बनेको कोइलाबासमा आन्तरिक भन्दा बाहृय पर्यटकको भ्रमण गन्तव्य बनेको हो । लमहीबाट कोइलाबास पुग्न ३३ किलोमिटरको पक्की बाटो बन्दै छ । भारतबाट कोइलाबास सडक सञ्जालले जोडिएको छ ।

‘भारतबाट सीमासम्म पक्की सडक आएको छ । त्यहीँ भएर भारतीय पर्यटक आउनुहुन्छ ।’ सिद्दिकीले भने, ‘लमहीबाट कोइलाबाससम्म सडक बनिसकेर नियमित बस चल्न थाल्यो भने यहाँ पर्यटकको संख्या बढ्ने छ ।’

वडा कार्यालयले कोइलाबासमा पर्यटकलाई लक्षित गरेर भ्यू टावर, चिल्ड्रेन पार्क, झोलुङ्गे पुल, कोइलाबास खोलामा ड्याम बनाउने योजना बनाएको वडा अध्यक्ष सिद्दिकीले बताए ।

अहिले पर्यटकहरु यहाँ पहाड र खोला हेर्न आउने गर्छन् । तर, कोइलाबासमा पर्यटन गन्तव्य बन्न थाले पनि पर्यटकहरुको लागि पूर्वाधार तथा आधारभूत सुविधा छैन ।

खानेपानीको चरम समस्या रहेको कोइलाबासमा पानीको समस्या समाधान गर्नु मुख्य कार्यक्रम बनाउन आवश्यक छ । लमही जेसिजले पर्यटन वर्ष २०२० लाई प्रवर्द्धन गर्न नेपाल–भारतको सीमा कोइलाबासमा स्वागत बोर्ड स्थापना गरेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?