पर्यटन प्रवर्द्धनमा पाटाले सहकार्य गर्ने

पर्यटन प्रवर्द्धनमा पाटाले सहकार्य गर्ने
+
-

काठमाडौँ – नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रभावकारी प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय सञ्जाल भएको प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले सहकार्य गर्ने भएको छ ।

उक्त प्रयोजनका निम्ति पाटा नेपालका पदाधिकारीले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईसँग छलफल गरी भ्रमण वर्षका आगामी कार्यक्रमलाई समन्वय र सहकार्यका साथ सफल बनाउन पहल थालेको हो ।

पाटाका अध्यक्ष सुनील शाक्य नेतृत्वको टोलीले शुक्रबार पर्यटनमन्त्री भट्टराईसँग भेट गरी भ्रमण वर्षका कार्यक्रमलाई आगामी दिनमा कसरी प्रभावकारी र फलदायी बनाउने भन्ने विषयमा छलफल भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले जानकारी दिए ।

पाटाले भ्रमण वर्षका अवसरमा नेपाल–भारत र चीनबिच सामूहिक पर्यटन प्रवर्द्धनका कार्यक्रमबारे पर्यटनमन्त्रीलाई अवगत गराएको थियो ।

सो अवसरमा पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षमा छिमेकी मुलुक भारत र चीनबाट बढी भन्दा बढी पर्यटक आकर्षण गर्नका लागि मन्त्रालय तथा सरोकार भएका निकायसँग साझेदारी गरी प्रभावकारी प्रवर्द्धनात्मक गतिविधि अगाडि बढाउने बताए ।

उनले भारत र चीन लक्षित प्रवर्द्धनात्मक गतिविधिले भ्रमण वर्षलाई सफल पार्न सहयोग पुग्ने पाटा नेपालले गर्ने पर्यटन प्रवर्द्धनका कामलाई मन्त्रालयले सक्दो सहयोग गर्ने धारणा राख्नुभएको बुडालले बताए । पाटाले नेपालमा हिमालय ट्राभल मार्टलगायत महत्वपूर्ण पर्यटकीय इभेन्ट आयोजना गर्दै आएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?