
अ
+
अ
अ
-
राराको सौन्दर्य अहिले हिउँले थप खुलाएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभरका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपात भयो ।
मुगुको रारा ताल क्षेत्रमा पनि शुक्रबारदेखि नै हिमपात भएको थियो । शुक्रबार दिनभरजासो परेको हिउँ जमेर रारा ताल रहेको क्षेत्र सेताम्य भएको छ । सो क्षेत्रमा रुखहरुमा हिउँ जमेको छ । टेन्टहरु पनि सेतै भएका छन् ।
शुक्रबार खराब रहेको मौसम शनिबार बिहानैदेखि खुलेको छ । आकाशमा बादलका टुक्रा र तल जमिनमा जमेको सेतै हिउँले रारा क्षेत्र टलक्कै तल्किएको छ ।