मुसाको मासुसँग ढिक्रीको स्वाद!

मुसाको मासुसँग ढिक्रीको स्वाद!
+
-

दाङ– राप्ती गाउँपालिका वडा नं. ६ बगरापुर नजिक राप्ती नदीले जग्गा कटान गरेर बगर बनायो । त्यो बगरलाई संरक्षण गरेर वृक्षारोपण गरियो ।

अहिले हरियाली छ । यहाँको हरियाली हेर्न पर्यटकहरु गाउँ आउने गरेका छन् । यती मात्र होइन, बगरापुर गाउँमा थारु समुदायको बसोवास छ । व्यवसायिक तरकारी खेती छ । यहाँको तरकारी ठूला शहर सम्म पुग्ने गरेको छ । गाउँमा पाहुनाहरु आउन थालेपछि बगरापुर गाउँलाई होमस्टेको रुप दिइएको छ । थारु कला संस्कृतीको संरक्षण सँगै प्रवद्र्धन गर्न होमस्टे स्थापना गरिएको हो ।

अघिल्लो साल स्थापना भएको सामुदायिक होमस्टेमा पर्यटकहरुको आकर्षण बढ्न थालेको छ । पर्यटकको आकर्षणको लाािग थारु कला संस्कृतिको संरक्षण गर्न संग्राहलयको रुप दिइएको छ । ‘हाम्रा पुर्खाले प्रयोग गरेका सबै सामग्री संग्राहलयमा राखेका छौं’राप्ती सामुदायिक होमस्टे बगरापुरका सचिव हरिषचन्द्र चौधरीले भने–‘नयाँ पुस्ताले कमै देखेको ढिकी, लडीया, थारु पोशाक, गर गहनाका साथै तेल पेल्ने कोल समेत राखेका छौं । जुन कुरा नयाँ पुस्ताको लागि नयाँ हो ।’

यो होमस्टेमा एक वर्षमा ५३५ जना बसेका छन् । पर्यटन वर्षलाई लक्षित गरेर यो वर्ष एक हजार पर्यटकलाई होमस्टेमा बसाल्ने लक्ष्य लिइएको छ । होमस्टेमा थारु परिकारको स्वाद चाख्न पाईन्छ । ढिक्री, खरीया, घोंगी सहित मुसाको मासु, लोकल माछा, लोकल कुखुरा, हाँसको मासुको स्वाद चाख्न पाईने होमस्टे सञ्चालक समितिका सचिव चौधरीले बताए ।

बगरापुर गाउँ तरकारी उत्पादनमा अघि छ । यहाँ आउने पाहुनाले लोकल आलुको थरी थरी परिकारको स्वाद लिनपाउने छन् । राप्ती गाउँपालिकाको सहयोगमा यहाँ होमस्टे स्थापना गरिएको हो । थारु नाच र झाँकी प्रदर्शन समेत गरिन्छ ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष प्रेमलाल चौधरीले भने–‘पश्चिम डल्ला होमस्टे अवलोकन गरेर गाभर आउने र त्यहाँबाट दाङ देउखुरीको राप्ती होमस्टेमा आउने व्यवस्थापन मिलाएका छौं ।’

होमस्टेका कलाकारहरु आफ्नो समुदायको कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्न मेला महोत्सवमा झाँकी तथा नाच प्रदर्शन गर्दै आएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?