
एजेन्सी– दिल्लीका एक जना श्रद्धालुले मुम्बईको सिद्धिविनायक मन्दिरलाई ३५ किलो सुन दान दिएका छन्। सुनको बजार मूल्य १४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ।
सिद्धिविनायक मन्दिरको २ सय १९ वर्षको इतिहासमा यति ठूलो दान पहिलो पटक मिलेको सिद्धिविनायक मन्दिर ट्रष्टका अध्यक्ष आदेश बान्देकरलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। सुन दान गर्ने व्यक्तिको नाम सार्वजनिक गरिएको छैन।
अध्यक्ष बान्देकरका अनुसार मन्दिरलाई सन् २०१७ मा ३ सय २० करोड भारतीय रुपैयाँ दान उपलब्ध भएकाे थियाे। यस्तै सन् २०१९ मा दानको रकम बढेर ४ सय १० करोड रुपैयाँ पुगेको छ। उक्त मन्दिरको निर्माण सन् १८०१ मा भएकाे थियाे।
Maharashtra: A devotee from Delhi has donated gold plating weighing around 35 kg, worth around Rs 14 crores to Mumbai’s Shri Siddhivinayak Temple. pic.twitter.com/2eavuvJjmk
— ANI (@ANI) January 21, 2020