एचआइभी विरुद्धको खोपको खोजीमा गम्भीर धक्का

एचआइभी विरुद्धको खोपको खोजीमा गम्भीर धक्का
+
-

एचआइभी विरुद्धको खोपको अपेक्षा धराशायी भएको छ । दक्षिण अफ्रिकाका व्यक्तिमा गरिएको खोपको परीक्षणको नतिजा सकारात्मक नआएपछि एचआइभीविरुद्धको खोपको अपेक्षा कमजोर बनेको हो ।

एड्सको अवस्थामा पुर्‍याउने एचआइभी भाइरसलाई रोक्ने ठानिएको एचआइभीएनची ७०२ खोपको नतिजा अपेक्षाकृत नआएको हो ।

यसपछि अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थले सो खोपको परीक्षण रोकेको छ । पाँच हजार भन्दा बढी व्यक्तिमा गरिएको परीक्षणमा खोपले एचआइभीको संक्रमण रोक्न नसकेको हो । अनुसन्धानकर्ताले परीक्षणको नतिजाले अति निराश बनाएको बताएका छन् ।

तर एचआइभीको संक्रमण रोक्ने खोपको खोजी जारी रहने उनीहरुले बताएका छन् । एचआइभी विरुद्ध परीक्षण गरिएको सो खोपमा एचआइभी भाइरस नहुने भएकाले परीक्षणका क्रममा दिइएका व्यक्तिमा त्यसकै कारण संक्रमण हुने जोखिम नरहेको अनुसन्धानकर्ताले बताएका छन् ।

के थियो खोप?

ज्याब नाम गरेको यो खोप एचआइभी विरुद्धको पहिलो त्यो खोप थियो, जसले एचआइभी भारसको संक्रमण रोक्ने पक्षमा सकारात्मक संकेत देखाएको थियो । थाइल्याण्डमा गरिएको आरभी १४४ क्लिनिकल ट्रायलमा यसले सकारात्मक संकेत दिएको थियो ।

एचआइभी भाइरसका विभिन्न स्वरुपहरु छन्, परीक्षण गरिएको खोप दक्षिण अफ्रिकामा सक्रिय रहेको एचआइभीको उपसमूहविरुद्ध लड्न मिल्ने खालको थियो । विश्वमा सबैभन्दा बढी एचआइभी संक्रमण दर रहेको क्षेत्रमा पर्छ दक्षिण अफ्रिका ।

ज्याब खोपमा ठूलो अपेक्षा थियो कि यसले एचआइभीको संक्रमण रोक्न सहयोग गर्छ भन्ने । दक्षिण अफ्रिकामा सफल भएमा यसलाई एचआइभीका अरु उपसमूहहरुका लागि पनि काम गर्ने बनाएर विश्वका विभिन्न क्षेत्रमा लागु गर्ने योजना थियो । तर यसको असफलतासँगै सो योजनामा तत्कालका लागि ब्रेक लागेको छ ।

परीक्षणमा के भयो?

स्वतन्त्र रुपमा स्वतस्फूर्त आएका व्यक्तिहरुलाई खोप वा प्लेसबो इन्जेक्सन दिइएको थियो परीक्षणको क्रममा । सुरुवाति चरणको तथ्यांकमा खोप लिएका मध्ये १२९ जनामा एचआइभी संक्रमण भएको पाइयो । यस्तै ज्याबको परीक्षण संस्करण प्रदान गरिएका १२३ जनामा एचआइभी संक्रमण पाइएको थियो ।

अमेरिकाको नेशनल इन्स्टिच्युड अफ हेल्थ (एनआइएच) का डा. एन्थोनी फाउकीले भने, ‘विश्वव्यापी रुपमा कायम रहेको एचआइभी संक्रमणको महामारी रोक्नका लागि खोप अत्यावश्यक छ । यो खोपले काम गर्ने छ भन्ने अपेक्षा थियो । अफसोच, यसले काम गरेन ।’

एचआइभीविरुद्धको प्रभावकारी खोपका लागि खोजी जारी रहने र अझै आफूहरुलाई त्यसमा विश्वास रहेको उनले बताएका छन् ।

एचआइभी कसरी रोक्न सकिन्छ?

प्री–एक्सपोजर प्रोफिल्याक्सिस (प्रेप्प) नामक औषधिबाट गरिने उपचार एचआइभी संक्रमण रोक्नका लागि प्रभावकारी देखिएको छ । तर यो औषधि खोप जस्तो छैन, यो औषधि दैनिक रुपमा सेवन गर्नु पर्छ ।

यो औषधि उपलब्ध नभएको देशमा एचआइभीबाट जोगिने एक मात्र भरपर्दो उपाय भनेको यौनसम्पर्कका बेला कण्डमको प्रयोग गर्नु नै हो ।

एन्टी–रेट्रोभाइरल उपचार पद्धतिले एचआइभी संक्रमितको जीवनकाल स्वस्थ र लामो बनाउन सहयोग गर्दै आएको छ ।

(यो सामग्री बिबिसीबाट साभार गरिएको हो।)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?