चीनबाट उद्धार गरिएकाहरुको ‘थ्रोट स्वाब’ परीक्षण गरिँदै, सञ्चार सम्पर्कमा समस्या

चीनबाट उद्धार गरिएकाहरुको ‘थ्रोट स्वाब’ परीक्षण गरिँदै, सञ्चार सम्पर्कमा समस्या
+
-

झापा  चीनको वुहानबाट ल्याइएका एक सय ७५ जनाको आइतबार ‘थ्रोट स्वाब’ परीक्षण गरिने भएको छ। चीनबाट नेपाल आएका नेपाली चिकित्सक डा. माधव गौतमका अनुसार उनीहरुको घाँटीबाट स्वाब निकालेर परीक्षण गर्न लागिएको हो।

उनले फोन सम्पर्कमा भने, ‘थ्रोट स्वाबको नमूना संकलन गरेपछि हामी खाना खान्छौं।’ अहिले चीनबाट आएका कसैमा पनि स्वास्थ्य समस्या नदेखिएको डा. गौतमले बताए। उनले भने, ‘हामीलाई केही पनि भएको छैन।’

आइतबार बिहान करिब ३.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि उनीहरुको स्वास्थ्य ‘स्क्रिनिङ’ गरिएको डा. गौतमले बताए।

सञ्चार साधनको अभाव

उनले चीनमा लामो समय बसेर आएका धेरै जनाको नेपालको सिमकार्ड नभएकाले परिवारसँग सम्पर्कका लागि गाह्रो भएको बताए।

उनीहरुलाई राखिएको स्थानमा इन्टरनेटको सुविधा अत्यन्तै कमजोर भएका कारण सञ्चार सम्पर्क धेरै गाह्रो भएको उनले बताए।

डा. गौतमले भने, ‘हाम्रा परिवारका सदस्यले लिएर आएको सिमकार्ड हामीले पाउने व्यवस्था भइदिए राम्रो हुने थियो।’

उनले चाँडो सञ्चार सम्पर्कको व्यवस्थामा सहयोग गरिदिन सरकारसंग आग्रह गरेका छन्।

यो पनि पढ्नुहोस्

छतबाट चिहाउँदै छन् उद्धार गरिएका नेपालीहरु

छतबाट चिहाउँदै छन् उद्धार गरिएका नेपालीहरु

चीनबाट ल्याइएका नेपालीलाई खरिपाटीमा चौबिसै घण्टा चिकित्सकको निगरानी

चीनबाट ल्याइएका नेपालीलाई खरिपाटीमा चौबिसै घण्टा चिकित्सकको निगरानी

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?